सम्पर्क

मीनराज बसन्तद्वारा अनुदित ‘पहेंलो छाता’ सार्वजनिक

काठमाडौं÷ प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेंलो छाता’ सार्वजनिक भएको छ । सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेंलो छाता’ सार्वजनिक गरिएको हो । स्रस्टाहरू भूपिन, डा. एकनारायण पौड्याल, डा. केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले कृति सार्वजनिक गर्नुभएको हो ।कृति सार्वजनिक गर्दै भूपिनले आफू उदय प्रकाशको लेखनको प्रशंसक भएको बताउँनु भयो । ‘मलाई उहाँका कृतिमध्ये र थुप्रै अन्य उत्कृष्ट कृतिमध्ये पिली छतरी वाली लडकी हो,’ उहाँले ‘यसलाई मीनराज बसन्तले नेपालीमा अनुवाद गरेर राम्रो काम गरेका छन् । यो ज्यादै खुसीको कुरा हो भन्नु भयो ।’पहेंलो छाता’मार्फत पाठकले उदय प्रकाशको समाजलाई हेर्ने दृष्टिकोण र बुझ्ने धारणा महसुस गर्ने सकिने उहाँको भनाइ रहेको थियो । ‘भारती उपमहाद्वीपको जुन जातीय र भाषिक मुद्दा छ, त्यसलाई उदय प्रकाशले बडो कलात्कम ढंगले विश्वविद्यालयको पेरिफेरिमा कथा उन्नु भएको भूपिनले ‘नेपालमा पनि दलितमुक्ति आन्दोलनका लेखक तथा पाठक दुवैका लागि यो कृति फाइदाजनक छ । भाषिक कोमलतामा पनि यति सुन्दरता कृति लेख्न सकिन्छ भन्ने थाहा पाउन पनि यो कृति पढ्नुपर्छ भन्नु भयो । ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद आख्यानकार मीनराज बसन्तले गरेका हुन् । बसन्तका यसअघि दुई आख्यान ‘मुदिर’ (२०७३) र ‘पिपिरी’ (२०७५) प्रकाशित छन् भने लेनिनको जीवनी ‘लेनिन’ (अनुवाद) प्रकाशित छन् । बिएन पुस्तकले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ ।