सम्पर्क

ब्रेकिङ न्युज १

स्वर्गीय वि पी कोइरालाको ४१औं स्मृतिमा वृक्षारोपण

ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले ४१ औँ वि. पि स्मृति दिवस जुरे पहिरो लगायत बिभिन्न स्थानमा वृक्षारोपण गरि मनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –९ को जुरे पहिरोमा स्वर्गीय वि पी कोइरालाको स्मृतिको अवसरमा वृक्षारोपण गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले वृक्षारोपण गरि कार्यक्रम शुभारम्भ गर्नु भएको थियो । वृक्षारोपण कार्यक्रममा बाल्दै श्रेष्ठले स्वर्गीय जननायक वि पी कोइराला प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै वि पी कोइराला नभए पनि उहाले गरेको योगदान अझै पनि जिवित रहेको बताउनुभयो । वि पी कोइराला अहिले नरहे पनि उहाँले प्रतिपादन गरेको राष्ट्रियता,लोकतन्त्र र समाजबादको धारणा अझै पनि जिवितै रहेकोले नेपाली काङ्ग्रेसले यसलाई सधै आर्दश मानेर अगाडि बढ्ने बताउनुभयो । प्रमुख...

चौताराबाट विद्युतीय गाडी सञ्चालन हुने

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको चौताराबाट विद्युत गाडी सञ्चालन हुने भएको छ । सिन्धु चौतारा यातायातले सानोसिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गर्न लागेको हो । यातायातका सञ्चालन चौताराका युवा व्यवसायीहरु हिरोमणी श्रेष्ठ र निमेष श्रेष्ठले गर्न लागेका हुन् । व्यवसायी निमेष श्रेष्ठका अनुसार साउन १० गतेदेखि काठमाडौंबाट बिहान दुईवटा र दिउसो दुईवटा गाडी यात्रु बोकेर चौतारा आउनेछन् भने चौतारातिरबाट पनि बिहान एउटा सानोसिरुवारीबाट र एउटा स्याउलेबाट काठमाडौ जानेछन् । दिउसो पनि चौताराबाट दुईवटा गाडी काठमाडौं जानेछन् । परिक्षण यातायात भने साउन ८ गते बिहानबाटै सुरु हुनेछ । पहिलो चरणमा १० र १० सिट यात्रु क्षमता भएको ४ वटा बसबाट सेवा प्रदान गरिने व्यवसायी हिरोमणी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चौताराको भिन्तुना चोकमा बसपार्क रहनेगरी सञ्चालन हुने एसी सुविधा सहितको विद्युत गाडीको टिकट काट्न चाहनेले सञ्चालकहरु ...

ट्राफिक प्रहरी सिन्धुपाल्चोकद्वारा १० प्रतिशत बढी राजस्व सङ्कलन

ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज) जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष २०७९÷८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९÷८० मा रु. १ करोड ३१ लाख ४० हजार पाँच सय राजस्व सङ्कलन गरेको हो । यो अघिल्लो आव २०७८÷७९ को तुलनामा १० प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अँधेरीका प्रमुख उत्तम राज आचार्यले बताउनुभयो । अघिल्लो आ.व. २०७८÷०७९ मा १ करोड १९ लाख २० हजार पाँच सय मात्र राजस्व सङ्कलन गरेको थियो । ट्राफिक जाँचमा गरिएको कडाइका कारण यस आव २०७९÷८० मा राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी प्रमुख आचार्यले भनाइ छ । गत वर्ष भन्दा दुर्घटनामा पनि कमी गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ...

टोल–टोलमै सामाजिक सुरक्षा भत्ता

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका – १० ले टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको छ । बैंकिङ प्रविधिबाट वितरण गर्दै आएको भत्ता नागरिकहरुलाई सहज रुपमा उपलब्ध गराउने उद्देश्यले टोलमा नै वितरण गरिएको वडा नंं. १० का वडाध्यक्ष निल बहादुर तामाङले बताउनुभयो । टोलटोलमै पुगेर सामाजिक सुरक्षा वितरण गर्न थालेपछि जेष्ठ नागरीक , अपाङ्ग असाहय तथा एकल महिला खुशी व्यक्त गरेका छन् । टोलमै भत्ता वितरण हुन थालेपछि बिशेषगरी अपाङ्गता भएका र ज्योष्ठ नागरीकहरुलाई सहज भएको छ ।...

रेडक्रस सोसाइटीमा सुदर्शन नेपाल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेपाल रेडक्रस सोसाइटीकेन्द्रीय अध्यक्षमा सुदर्शन नेपाल निर्वाचित हुनु भएको छ । सोसाइटीको यही श्रावण ०१ र ०२ गते काठमाडौंमा सम्पन्न केन्द्रीय सभाको बिशेष महाधिबेशनबाट आगामी कार्यकालको लागी अध्यक्षमा प्रा.सुर्दशन नेपाल, महिला उपाध्यक्षमा राधा नेपाली,. खुल्ला उपाध्यक्षमासुरेन्द्र ऐर, महामन्त्रीमा भुपतिलाल श्रेष्ठ,कोषाध्यक्षमा बिर बहादुर बस्नेत,उपमहामन्त्रीमा मनोज कुमारथापा, उपकोषाध्यक्ष मा डोलराज पाण्डे,सदस्यहरमा बाग्मती प्रदेशबाट राजेन्द्रमान ताल्चाभडेल,कोशी प्रदेशबाट कृष्ण प्रसाद न्यौपाने,लुम्बीनी प्रदेशबाटः अनुपकुमार श्रेष्ठ,सुदुरपश्चिम प्रदेशबाटः लक्षीराम कुँवर,कर्णाली प्रदेशबाटः रामलाल आचार्यनिर्वाचित हुनुभएको छ यसै गरी खुल्ला सदस्यतर्फःबिष्णुराज नेपाल,उत्तम जोशी, हरि प्रसाद पौडेल, बिनोद बस्नेत,यौवन प्रकाश श्रेष्ठ, गुमानराज पुलामी,प्रा.डा. श्री कृष्णप्रसाद गौतम,सपुतबहादुर कार्की, बिरेन्द...

बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेबूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेमा अब कुनै द्विविधा बाँकी नरहेको बताउनुभएको छ । उहाँले उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको ‘फिल्ड अफिस’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले यसको निर्माण कार्यलाई उच्च प्राथमिकता दिन सम्बद्ध सबैलाई निर्देशनसमेत दिनुभयो । प्रधानमन्त्री दाहालले आज गोरखाको सिउरेनीटारमा उक्त आयोजनाको फिल्ड अफिस उद्घाटन गर्नुभएको हो । “बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्छ, हरहालतमा अगाडि बढाइन्छ ...

सार्वजनिक यातायातको भाडा घट्यो

ब्रेकिङ न्युज १, समाचार
सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा रु चार र पेट्रोलमा प्रतिलिटर रु छ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा दुई दशमलव १३ प्रतिशत, मालबाहक सवारीमा पहाडमा दुई दशमलव ७८ र तराईमा तीन दशमलव ०९ प्रतिशतले भाडा घटाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । नयाँ भाडादर लागू भए÷नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन् । घटाएको भाडादर आजैदेखि लागू हुने विभागले जनाएको छ ।  ...

शब्द सारथिमा कविताद्वारा भानुको सम्झना

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, साहित्य
  चौतारा । २९, असार सिन्धुपाल्चोकको चौतारामा हरेक शुक्रबार सञ्चालन हुँदै आएको शब्द सारथिको सुन्ने सुनाउने शृङ्खलामा यसपटक आदिकवि भानुभक्त आचार्यलाई सम्झना गरिएको छ । नियमित साहित्य सिर्जना सुन्ने सुनाउने साप्ताहिक शृङ्खला सञ्चालन गर्दै आएको शब्द सारथिले आचार्यको २१०औँ जन्मजयन्ती अवसरमा ‘१ सय ४७औं भानु विशेष शृङ्खला’ सञ्चालन गरेको हो । चौताराको शहीदचोक स्थित कञ्चन स्मृतिग्राम पुस्तकालय सञ्चालन गरिएको शृङ्खलामा स्रष्टाहरुले आदिकवि भानुभक्तलाई समर्पित गर्दै कविता वाचन गरेका थिए । ‘नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ’, शृङ्खला सञ्चालनको सुभारम्भ गर्दै शब्द सारथिका सचिव सुन्दर शिरीषले भने– ‘भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उ...

आत्म हत्याको समाचार प्रती मन्त्रलायको बिज्ञेप्ती

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
आत्महत्या जस्ता विषयसँग जोडेर स्वास्थय तथा जनसंख्या मन्त्रीको नाम पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्यमन्त्रीको भनाईलाई अनावश्यक तोडमोड गरिएको जनाउँदै सूचना अधिकारी डा पवन कुमार साहले बिहीबार एक विज्ञप्ति जारी गर्दे एकजना विशेषज्ञ चिकित्सकलाई खटाईएको ठाउँमा काम गर्न सम्झाईबुझाई गर्दा पनि निजले आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटकपटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा निज तोकिएकै स्थानमा जाउन भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्दर्भमा सो भाषा प्रयोग भएको भन्दै त्यसलाई तोडमोड गरिएको बिज्ञेप्ती मार्फत जानकारी दिनु भएको छ । संघ पूल दरबन्दीमा रहेका एकजना विशेषज्ञ चिकित्सकलाई खटाईएको ठाउँमा काम गर्न सम्झाईबुझाई गर्दा पनि निजले आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटक प...

सम्पर्कविहिन मनाङ एयर लाम्जुरामा

ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
बिहानै देखी सम्पर्कविहिन भएको मनाङ एयरको हेलिकप्टर लाम्जुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सोलुखुम्बु जिल्लाको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको समाचार प्राप्त भएको छ । लिखुपिके गाउँपालिकास्थित वडा ५ मा पर्ने लामजुरा क्षेत्रमा रूखमा ठोक्किएर दुर्घटना भएको अवस्थामा फेला परेको कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिदै असई निराजन बस्नेतको टोलीले उद्दार जारी राखेको जनाइएको छ। दुर्घटनास्थलमा हेलिकप्टरमा सवार ६ मध्ये पाँच जनाको शव भेटिएको छ। अर्का एक जनाको अवस्था अज्ञात छ। सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो। क्याप्टेन चेतबहादुर गुरूङले हेलिकप्टर उडाउँनु भएको थियो भने पाँच म्याक्सिनकन सवार रह...