बिहानै देखी सम्पर्कविहिन भएको मनाङ एयरको हेलिकप्टर लाम्जुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सोलुखुम्बु जिल्लाको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको समाचार प्राप्त भएको छ ।

लिखुपिके गाउँपालिकास्थित वडा ५ मा पर्ने लामजुरा क्षेत्रमा रूखमा ठोक्किएर दुर्घटना भएको अवस्थामा फेला परेको कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिदै असई निराजन बस्नेतको टोलीले उद्दार जारी राखेको जनाइएको छ।
दुर्घटनास्थलमा हेलिकप्टरमा सवार ६ मध्ये पाँच जनाको शव भेटिएको छ। अर्का एक जनाको अवस्था अज्ञात छ। सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो। क्याप्टेन चेतबहादुर गुरूङले हेलिकप्टर उडाउँनु भएको थियो भने पाँच म्याक्सिनकन सवार रहेको समाचारमा जनाइएको छ ।
ञ
