–लोकनारायण सुबेदी
अमेरिकाको ‘पेण्टागन पेपर्स लिक’ गरेर बितेको साठी र सत्तरीको दशकको भियतनाम युद्धका बेलामा चर्चित र यूवाहरुका प्रेरणापद ब्यक्तित्व रहेका थिए डेनियल एल्सबर्ग । प्यांक्रियाजको क्यान्सरका कारण उनको ९२ बर्षको उमेरमा यो संसारबाट बिदा हुन पुगे । उनको जीवनको अन्तिम दिनमा उनले औषधी पनि लिन छोडेका थिए । किन भने उनले थाहा पाएका थिए कि ती औषधीले उनको जीवनका केही दिन लम्ब्याए पनि उनीलाई निको हुने थिएन । त्यसो हुँदा हुँदै पनि उनले आफ्ना अन्तिम दिन परिबार जन तथा मित्रहरुका बीच गुजार्ने राम्रो हुने बिचार गरे । १९७१ म जतिबेला उनले पेण्टागन पेपरका ७००० पाना सार्वजनिक गरेका थिए अमेरिकाका चर्चित कूटनीतिज्ञ डा. हेनरी किसिंगरले उनलाई के भनेर एक प्रकारले सर्बोच्च ‘सम्मान’ दिएका थिए भने उनी ‘अमेरिकाका सबैभन्दा खतरनाक ब्यक्ति’ हुन् । उनलाई कुनै पनि मूल्यमा रोक्नु पर्दछ ।
त्यो पेण्टागन पेपर्स वास्तवमा रेड कर्पोरेशनद्वारा गराइएको एउटा अध्ययनको प्रतिबेदन थियो जुन अमेरिकाका तत्कालीन रक्षा सचिव रबर्ट म्याकनमाराद्वारा गराइएको त्यो अध्ययन प्रतिबेदन १९६८ मा अमेरिकी सरकारलाई बुझाइएको थियो । त्यो अध्ययनले के देखाएको थियो भने अमेरिकाले भियतनाम युद्ध जित्नै सक्ने थिएन । यो कुरा जान्दा जान्दै पनि अमेरिकाले आफ्नो पराजय निश्चित भएको त्यो निरर्थक युद्ध जारी राखेको थियो । त्यसो गर्नका लागि अमेरिकाले दक्षिण भियतनाममा दशौं हजार मानिसहरुको ज्यान लिएको थियो । अनि यथार्थमा त्यो लडाईलाई अझ बिस्तार गरेर उत्तरी भियतनाम तथा कम्बोडियाका बिरुद्ध हवाई युद्धसम्म फैलाइएको थियो ।
सम्युअर हर्षले १९६९ को नोभेम्बरमा ‘माईलाई नरसंहार’को खबर छापेको थियो । एल्सबर्ग जो झण्डै त्यसै समयमा पेण्टागन पेपर्सका ७००० पानाको फोटोकपी गर्ने काममा जुटेका थिए उनी दुइ बर्षसम्म त्यस कोशिशमा लागि रहे कि अमेरिकी काग्रेसको माध्यमबाट यस कुरालाई उठाइयोस् । तर उनी आफ्नो त्यो कोशिशमा असफल रहे । अनि त्यसपछि उनले त्यो पेपर प्रेसलाई दिने बाटो अबलम्बन गरे । यद्यपि उनलाई राम्रैसँग थाहा थियो कि त्यस पेपरको प्रकाशन पछि यदि उनको बाकी सारा जीवन जेलमा बिताउन परेन भने पनि एउटा लामो समय त जेलमा बिताउनै पर्दछ ।
त्यति बेला एल्सबर्ग ४० बर्षभन्दा केही बढीका यूवा थिए । उनका अगाडि एउटा शानदार जीवनबृत्ति अर्थात् क्यारियर सामुमा थियो । अनि उनलाई कुनै पनि असैनिक ब्यक्तिलाई प्राप्त हुने सर्बोच्च स्तरको सुरक्षा स्पष्टता – ‘क्लिअरेन्स’ पनि प्राप्त थियो । अमेरिकी सत्ता प्रतिष्ठानको हिसावले उनको सुरक्षा राज्यकासँग यस्तो प्रकारको दाग लगाउने त कुनै कारणै बन्दैनथ्यो ।उनी त यथार्थतः यस्तो यात्रामा थिए जसले उनलाई सुरक्षा राज्य अन्तरगत जुन तहको गहिराईसम्म उनी जान चाहन्थे त्यसले लैजान सक्ने सैन्य, असैन्य तथा सैन्य औद्योगिक गठजोडको सीमासम्म लान सक्थ्यो जुन सबै अमेरिकी राज्यले अधिग्रहण गर्दै गइरहेका थिए । त्यस स्तरको कुनै भित्री ब्यक्ति सुरक्षा राज्यको साथ छोडेर अर्को पक्षमा न त त्यो भन्दा पहिला गएको थियो न त्योभन्दा पछि नै ।
एल्सबर्ग, सरकारी गोप्य रहस्य खोल्ने सम्वन्धमा सजाय पाउनबाट यदि बचे भने यसकारणले होइन कि त्यतिबेलाको न्यायालय छुपेको सत्यतथ्य सामुमा ल्याउने ब्वाँसो (ह्विसलब्लोअर्स)का प्रति कृपालु थियो । राष्ट्रपति निक्सनलाई त्यतिबेला चिन्ता थियो कि कतै एल्सबर्गले उत्तरी भियतनामका बिरुद्ध नाभिकीय बमहरुको उपयोग गर्ने उनको र हेनरी किसिंगरका धम्कीहरुको सम्वन्धभन्दा कतिपय अझ खतरनाक अन्य जानकारी प्रकाशित गरिनदिउन् । निक्सनले आधिकारिक किसिमले एउटा गैर कानुनी टीम बनाएका थिए जसलाई ‘ह्वाईट हाउस प्लम्बर्स’ भन्ने गरिन्थ्यो । त्यो ह्वाईट हाउसको बिशेष छानबिन समूह थियो । त्यस समूहलाई के काम सुम्पिएको थियो भने एल्सबर्गको उपचार गरिरहेका मनोचिकित्सकहरुको कार्यालयमा छिर्ने र अनि केही यस्ता कुरा निकालेर ल्याउने जसबाट एल्सबर्गको बिश्वसनीयतालाई नै समाप्त पार्न सकियोस् । तर उनको त्यो टीम यस कामका लागि कुनै बिशेष बन्न या सफल हुन सकेन ।
त्यो ‘ह्वाईट हाउस प्लम्बर्स’ नामको टिमले नै ‘वाटरगेट’ काण्डको समयमा डेमोक्रेटिक पार्टीको मूख्यालयमा चोरी गरेको थियो र त्यस मामिलाको पर्दाफास हुन गएकाले नै अन्त्यमा राष्ट्रपति निक्सनबाट सत्ता खोसिएको थियो । त्यसले गर्दा एल्सबर्ग बिरुद्धको अमेरिकी सरकारको मुद्दामा पनि ठूलो चोट पुग्न गयो र अन्त्यमा उनलाई छोडियो पनि । भियतनाम युद्ध पनि अन्ततः त्यतिबेला समाप्त हुन पुग्यो जब भियतनामी मुक्ति सैनिकहरुले सैगोनमाथि कब्जा गरे र अमेरिकी दूतावासाको छत र अन्य सुरक्षित कार्यालयहरुबाट हेलिकोप्टरले अमेरिकी अधिकारीहरुलाई उडाएर लग्यो । त्यतिबेलाको तस्वीर त्यत्ति नराम्रो नभए पनि केही बर्ष अघि अफगानिस्तानको काबुलबाट अमेरिकीहरु निस्केर जाँदा जस्तो देख्न पाइएको प्रत्यक्षदर्शीहरु औंल्यउँदछन् ।त्यसरी पेण्टागन पेपर्सको पर्दाफास हुँनजादा एल्सबर्गको प्रसिद्धी अर्थात भनौ या अमेरिकी सत्ता प्रतिष्ठानको नजरमा कुख्याति त बढाइदिएकै थियो तर उनीसँग अझ बढी तर्साउने खालका दस्तावेजहरु पनि थिए, जसका सम्वन्धमा उनलाई निश्चयन नै प्रष्ट थियो कि उनले बाँकी सारा जीवन जेलमा काट्नै पर्ने हुन्थ्यो । उनीसँग यस्ता दस्तावेजहरु थिए जसले के देखाउदथे भने अमेरिकाले एउटा यस्तो ‘महाप्रलय मेशिन’ अर्थात ‘डूम्स डे मेशिन’ बनाएको थियो जसको एउटा मात्र सानो मानबीय गल्ती या प्राबिधिक भूलले समुच्चै बिश्वलाई बिनाश गर्न समर्थ हुन्थ्यो । त्यसैले एल्सबर्गले निश्चित गरेका थिए कि उनले ती दस्ताबेजहरुलाई सुरक्षित राख्ने छन् र पहिला भियतनाम सम्वन्धि दस्ताबेजहरु प्रकाशित गर्ने छन् । किनभने त्यति बेला भियतनाम युद्ध बिरोधी लहरले बिश्वभरी नै जोड पक्रिरहेको थियो । उनले त्यसपछि मात्र ‘महाप्रलय मेशिन’ सम्वन्धि दस्ताबेज प्रकाशित गर्न गइरहेका थिए । तर उनको बिडम्बना भनौ ती कागजात उनको भाईकोमा थिए र ती सबै एउटा दुर्घटनामा परेर ध्वस्त हुन पुगे । त्यसपछि पनि उनले त्यो ‘प्रलयकारी मेशिन’ सम्वन्धमा लेख्दै रहे । तर त्यति बेला उनले लेखेको भनाइलाई पुष्टी गर्ने प्रमाण रहेका थिएनन् । तर पछि यताका पच्चास बर्षहरुमा ती मध्येका धेरैजसो दस्ताबेजहरु सार्वजनिक जानकारीमा आइसकेका पनि छन् ।
भियतनाम युद्धका कारण एल्सबर्गले अमेरिकी सुरक्षा प्रतिष्ठानका अभिजात तहसँग सम्वन्ध तोडेर पहिला एउटा जासुस.(ह्वीसेल ब्लोअर्स)को भूमिका सम्हालेका थिए र पछिबाट जीवन भरका लागि एकजना शान्ति दूतकारुपमा । उनी अमेरिकी सुरक्षाको पाला छोडेर युद्ध बिरोधी बिश्व आन्दोलनको पक्षमा आएका थिए । त्यतिबेला बिश्वभरीका नवजवानहरुले भियतनामी जनताको संघर्ष र न्यायको समर्थनमा अमेरिककी प्रतिष्ठनाहरु, दूतावासहरु हरेक ठाउमा प्रदर्शन गर्ने गरेका थिए । त्यतिबेलिा त्यही भियतनामको समर्थन र अमेरिकाको बिरोधमा लागेका धेरैजसो बिश्वका यूवारु बापन्थी आन्दोलनमा पनि संलग्न बनेको इतिहास रहेको छ। तिनलाई ‘भियतनाम पिढी’का यूबा बामपन्थी पनि भन्ने गरिन्छ । त्यसमा पनि एल्सबर्गको कुरा त रुपान्तरणको अझ क्रान्तिकारी कुरा थियो । उनी त सुरक्षा राज्यको केन्द्रबाट निस्केर अमेरिकी युद्ध पिापासा बिरुद्ध खडा हुन शान्ति आन्दोलनमा आइपुगेका थिए ।
हुन पनि बिश्वका सामुमा यस्तो एल्सबर्गको जस्तो अर्को कुनै उदाहरण बिरलै होला कि कुनै एउटा यस्तो ब्यक्तित्व एउटा शक्तिशाली देशको सुरक्षा प्रतिष्ठानको उच्च तहमा पुगेको छ र त्यहाँ गहिरो गरी लुकाएर राखेका रहस्यहरु लिएर न्यायका लागि लडिरहेका जनतासँग मिल्न आउँदछ । अनि सुरक्षा प्रतिष्ठानका रहस्यका राजहरु चुँहिदै चुहिदै बाहिर आउने सिलसिला चल्दै रहन्छ ।अमेरिकी सुरक्षा राज्यका जानकारीहरु जम्मा गर्ने तथा तिनको केन्द्रिकरण गर्ने अनन्त भोकका साथ ती जानकारीहरु जम्मा गरेर राख्नका लागि डिजीटलका आधारभूत सुबिधाहरु आज त अत्यन्तै बढेका छन् । अनि त्यस हिसाबले यस पूरै तन्त्रका लागि बाध्यता पनि बढेका छन् । अब त यस्ता मानिसहरुको संख्यामा धेरै मात्रामा बढिसकेको छ जसको अति गोप्य जानकारीसम्म पुग्ने क्षमता बढेको छ जसलाई सुरक्षा राज्यद्वारा नेटवर्कसँग जोडिएका र बिश्वभर फैलिएका सुबिधाहरुमा जम्मा गरेर राखिएको हुन्छ । यीमध्येमा फाइभ आइज – अमेरिका, यूके, क्यानाडा, अष्ट्रेलिया र न्यूजिल्याण्ड देखि लिएर यूरोपका नाटो तथा यूरोपेली संघका देशहरुमा स्थित ब्यबस्थाहरु पनि सामेल गरिन्छन् । के भनिन्छ भने एक्लै अमेरिकामा मात्रै १३ लाख मानिसहरुलाई त्यो ‘अतिगोप्य’(अल्ट्रा सेक्रेट) डाटासम्मको पहुँच हासिल हुनसक्छ । यो सुरक्षा राज्यको कमजोर नसा हो । त्यसैले गर्दा नै चेल्सिया मेनिंग, स्नोडेन र पछिबाट टेक्सिएराका लागि यस प्रकारका गोप्य जानकारीहरको भण्डाफोर गर्न सम्भव भएको बताइन्छ । जुन कुरा अमेरिकी सरकारको उच्च तहसम्ममा सीमित रहनु पर्ने थियो ।
जुलियन आशाञ्जेको खाश योगदान पनि यही नै हो । उनले आधुनिक प्रौद्योगिकीको प्रकृतिलाई जानेका थिए । उनले यस सत्यतालाई पहिचान गरेका थिए कि ती गुप्त जानकारीहरुसम्म निकै धेरै मानिसहरुलाई पहुच हासिल भएको छ र सुरक्षा राज्यको पाइपहरुबाट उल्टो छान्ने प्रक्रियाको माध्यमबाट जानकारीहरु बटुल्न सकिने भएको बताइदैछ । अनि एकपल्ट जब ती महत्वपूर्ण जानकारीहरुलाई उल्टो छानेर लिइन्छ यदि ती जानकारीहरुलाई साझा तुल्याउनका लागि कुनै तन्त्र अरु पाइएमा त त्यसबाबट सारा संसारमा जबर्जस्त हलचल पैदा हुन सक्तछ । भियतनाम युद्धको निरर्थकताको पेण्टागन पेपर्सका परिणामहरुसम्म हात पुगे पछि त्यो जानकारीलाई सार्वजनिक गर्नका लागि पनि एल्सबर्गलाई दुइ बर्ष लागेको थियो । तर वीकिलिक्स तन्त्रको बिद्यमानताका कारण अब त्यस्ता कुनै पनि जानकारीहरुलाई हात हातमै सार्वजनिक गर्न सकिने भएको छ । यसरी नै त हामीहरुका लागि ‘कोलेटरल हत्या’को भिडियो हेर्न पनि सम्भव भएको र त्यसमा अमेरिकी हेलिकोप्टरले बगदादमा रोयटर्सका दुइजना रिपोटर्सलाई गोली हानेर खसालेको देख्न सकिन्छ । त्यो भिडियो चेल्सिया मेनिङ्गले वीकिलीक्सलाई उपलब्ध गराएको भनिन्छ ।
वीकिलिक्सले अमेरिकी सरकारकाको बिश्व उदारबादी करतुतहरुकालाई जस्तो प्रकारले पर्दाफास गरेको छ र अझ गर्ने क्रम जारी राखेको छ त्यसलाई त अमेरिकी सरकारले कदापि माफी दिन सक्तैन । यसकारण त्यसले अशाञ्जेको बिषयलाई उएटा उदाहरण बताउन चाहन्छ नै ।
यूक्रेन युद्धले एल्सबर्गको एउटा अर्को चिन्तालाई सामुन्नेमा ल्याएर राखिदिएको उल्लेख गरिदैछ । अमेरिकी सेनासँग एउटा सारतः ‘महाप्रलयकारी मेशिन’ आइसकेको छ । उसले त्यसका लागि तयारी पनि गरिसकेको पनि मानिदै छ कि ‘शत्रु’माथि पहिलो प्रहार गर्ने र यो आशाकासाथ बढ्ने कि त्यस प्रहार पछि अर्कोतिरबाट जुन कमजोर जवाफी प्रहार हुनेछ त्यसको प्रतिरोध उसको मिसाइल सुरक्षा ढालले गर्नेछ । यो नाभिकीय बिनाशलाई टार्ने, सुरक्षित पारस्परिक बिनास(मिचियल्ली एस्योर्ड डिस्ट्रक्शन) को धारणाको साटो एउटा जितिन सक्ने किसिमको नाभिकीय युद्धको संकल्पनाको खाका हो । १९६१ म एल्सबर्गद्वारा प्रेरित एउटा प्रश्नको जवाफमा ‘ज्वाइण्ट चिफ्स’को गणना अनुसार सोभियत संघ, त्यसका वार्सा सन्धि सहयोगीहरु, चीन तथा अन्य देशहरुलाई तरो बनाउने कुरालाई लिएर अमेरिकाको पहिला प्रहारबाट आहतभएकाहरुको संख्या आँकिएको थियो ः मोटामोटीरुपमा ‘६० करोडको मृत्यु’ । यो त्यतिबेलाको बिश्वको जनसंख्याको पाँचौ अंश जति पुग्दथ्यो । यो अनुमान त १९६१ तिरको हो । जतिबेला नाभिकीय शस्त्रागारहरु धेरै नै सीमित मात्र थिए अनि नाभिकीय बमहरु प्नि अपेक्षाकृति कम बिध्वंशकारी थिए । तर आज स्थिति त्यस्तो छैन । आजत जुन बिश्वमा हामी छौं नाभिकीय शस्त्रले स्वाहा हुनेछ । यसमा कोही भ्रममा रहनु हुँदैन ।
अहिले यूक्रेन युद्ध नाटो र रुसका बीचमा भइरहेको छ । यस युद्धमाा सैनिक त यूक्रेनकै छन् तर तिनलाई हतियार, गोलाबारुद, हात, मिसाईल लगायतका अत्याधुनिक शस्त्रास्त्रहरु उपलब्ध गराइरहेको छ । युद्धको मैदानमा आवश्यक सञ्चालका सबै सहयोगहरु पनि नाटोले गरिरहेको छ । बिश्व आज रुस र नाटोका बीच नाभिकीय प््रहार र प्रतिप्रहारको संघारमा पुग्न थालेको छ । यसलाई कुनै सानो असमझदारी या मामोली घटनाले कुनै पनि बेला भड्काउन सक्छ । त्यसैले हामीले एल्सबर्ग र शान्ति आन्दोनलका लागि उनको बचन बद्धतालाई एक पटक पुनः स्मरण गर्नै पर्दछ । एल्सबर्गले बिश्व शान्तिका लागि आफ्नो जीवनलाई समर्पण गरेका थिए र ९२ बर्षको उमेरमा उनको निधन भयो । तर शान्तिको लक्ष आज अझ महत्वपूर्ण र अझ अर्थपूर्ण हुन पुगेको छ ।
