सम्पर्क

मेलम्चीमा शिक्षाको गुणस्तर सुधार हुँदैछ ः नगर प्रमुख आइतमान तामाङ

मेलम्ची –आइतमान तामाङले पछिल्लो समय नगरपालिका भित्र शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार आएको बताउनुभएको छ ।श्री शीतलादेवी माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव कार्यक्रममा आफ्नो धारणा राख्दै नगर प्रमुख तामाङले शिक्षा नै समृद्ध समाज निर्माणको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । उहाँले शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा व्यक्त गर्दै नगरपालिकाले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि शैक्षिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण तथा गुणस्तरीय सिकाइमा कुनै कञ्जुस्याइँ नगरेको बताउनुभयो ।नगर प्रमुख तामाङले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता समेत जनाउनुभयो ।व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. ५ का वडाध्यक्ष राजु रायमाझी, वडा नं. ९ का वडाध्यक्ष किरण दीप खड्का, वडा नं. १० का वडाध्यक्ष अमृत खनाल, निवर्तमान वडाध्यक्ष भक्त बहादुर खड्का लगायत शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।