लोकप्रिय समाचार , नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाको २५औ साधरण सभा एक समारोहका बिच शनीबार काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाका अध्यक्ष शोभा अर्यालको सभापतीत्वमा भएको साधरण सभाका प्रमुख अतिथी भने शाखाका सस्थापक अध्यक्ष किशोर नेपाल रहनु भएको थियो ।
यसै गरी बिशेष अतिथी नेपाल पत्रकार महासघं का केन्द्रीय अध्यक्ष निर्मला शर्मा रहनु भएको थियो । पत्रकार हरुको पेशागत संगठनका केन्द्रीय नेताहरु तथा शाखाका पुर्ब अध्यक्षहरु शाखाका बर्तमान पदाधिकारी तथा साधरण सदस्यहरुको उपस्थितीमा सञ्चार ग्राम मा रहेको नेपाल पत्रकार महासघ केनद्रीय कार्यलयको सभाहलमा सभा सम्पन्न भएको हो । सभाको उद्धघाटन गर्दै प्रमुख अतिथी किशोर नेपालले पत्रकारीता पेशा फेरी सङ्कटमा पर्न थालेकोमा एक भएर पेशाको सुरक्षमा लाग्न पर्ने बताउँनु भयो । उँहाले सञ्चार कर्मीले सामाजीक सञ्जालमा समाचार लेख्ने गर्न नहुने बताउँदै सामाजीक सञ्जाल व्यक्तीगत हुने र समाचार गृह सबैको साझा हुने बताउँनु भयो ।
समाचारको श्रोत कुन हो कसरी लेख्न पर्छ भन्ने कुरा थाहा नहुनेहरुको सामाजीक सञ्जालमा लेखेका कुराहरुको बिश्वास गर्न नहुने बताउँदै सरकारले समाचार र सञ्जाल एउटै हो भनेर बुझेकाले यस तर्फ ध्यान दिन पर्ने बता
उँनु भयो । उँहाले निजी सञ्चार माध्ययमहरुलाइ बिज्ञापन रोकेर सरकारले हजारौको रोजीरोटी खोस्न लागेको बताउँनु भयो ।उँहाले पत्रकारिताको अस्तित्व, स्वतन्त्रता र मूलधार सञ्चारमाध्यमको विश्वसनीयता जोगाउन पत्रकारहरू एकताबद्ध भएर अघि बढ्न सबैलाइ आग्रह गनृु भयो ।
सामाजिक सञ्जालको प्रभाव बढे पनि पत्रकारिताको भूमिका अझै महत्वपूर्ण रहेको हँदा पत्रकारले निष्पक्षता, निर्भीकता र आचारसंहितालाई आत्मसात गर्नुपर्ने बताउँनु हुँदै सरकारको विज्ञापन नीति र सञ्चारमाध्यमप्रतिको व्यवहार विगतदेखि नै अस्थिर रहँदै आएको हँुदा पत्रकारले निरन्तर सङ्घर्षमार्फत आफ्नो पेसागत मर्यादा जोगाउनुपर्ने पत्रकारिता केवल पेसा नभई लोकतन्त्रको आधार भएकाले यसको संस्थागत अस्तित्व कमजोर हुन नदिन आग्रह गर्नु हुँदै यसका लागी काठमाडौँ शाखाले जिम्मेवारीका साथ अगाढी बढ्न पर्ने बताउँनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासघंले प्रेस स्वतन्त्रताको पक्षमा आन्दोलन गरिरहेको र राज्यले मिडियामाथि नियन्त्रण र विज्ञापनमा एकाधिकार कायम गर्न खोजेको र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको विषयलाई अन्तर्राष्ट्रिय स्तरमा समेत उठाइएको जानकारी दिँदै आन्दोलनलाई रणनीतिक र उपलब्धिमूलक बनाउन आवश्यक रहेको बताउँनु भयो ।
महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उम्मिदप्रसाद बागचन्दले नेपाली पत्रकारिता मर्यादित बाटोबाट विचलित हुँदै गलत दिशातर्फ गइरहेको भन्दै चिन्ता व्यक्त गर्नु भयो ।
महासङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले पत्रकार महांसघले गर्ने हरेक कामहरु नागरिकको पक्षमा हुने गरेको बताउँनु हुँदै जेनजी आन्दोलनको मुख्य आक्रोस सामाजीक सञ्जाल बन्द गरिनु रहेको बताउँनु भयो ।
महासङ्घका पूर्व कार्यवाहक अध्यक्ष बाला अधिकारीले विगतमा सामाजिक सञ्जाल बन्द हुँदासमेत महासङ्घले सशक्त आन्दोलन गर्न नसकेको कारण अहीलेको स्थिती आएको अब पनी महासघं जस्तो मर्यादिन संस्था ले सही निर्णय गर्न सकेन भने अझै सङ्कट निम्तन सक्ने बताउँनु भयो ।उँहाले राजनितीमा ब्यक्तीगत रुपमा सबैको एक प्रती आश्था हुन्छ तर
महासघंलाइ स्वतन्त्र रुपले अगाडी बढाउँन पर्छ भन्नु हुँदै आफु कुनै राजनीती दलमा लागेको कारण पत्रकार महासघंको साधरण सदस्य बाट समेत अलग हुने बताउँनु भयो ।साधारणसभामा काठमाडौँ शाखाको अध्यक्ष शोभा अर्यालले आफ्नो कार्यकालमा शाखाले संस्थागत मजबुत, प्रेस स्वतन्त्रता, पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका समस्याको समाधानका लागि सक्रिय रूपमा काम गरेको बताउँनु भयो ।
उँहाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हकलाई थप बलियो बनाउने गरी संविधान संशोधनका लागि महासङ्घले सुझाव दिने जानकारी गराउँनु भयो ।
सीमित स्रोतसाधनका बाबजुद शाखाले “मिडिया बचाउ अभियान”, पत्रकार तालिम, रक्तदान, अन्तरजिल्ला सहकार्यलगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको बताउँनु हुँदै अर्यालले आगामी दिनमा पनि पत्रकार हित र संस्थागत विकासका लागि निरन्तर कामगर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा काठमाडौँ शाखाका निवर्तमान अध्यक्ष बर्तमान सल्लाहकार केन्द्रीय सदस्य सूर्य सुवेदीले नेतृत्व तहमा पारदर्शिता र खुला बहसको आवश्यकतामा जोड दिनु भयो ।यसै गरी शाखाका पुर्ब अध्यक्ष, प्रेस काउन्सिल नेपालका पुर्ब सदस्य तथा बर्तमान सल्लाहकार शान्ताराम बिडारी ले पत्रकारीताको पेशाको सरक्षण गर्न सबै एक हुन पर्ने बताउँनु भयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका पुर्ब सदस्य तथा नेपाल पत्रकार महासघंका पुर्ब केन्द्रीय सचिब शाखाका पुर्ब अध्यक्ष गोबिन्द चौलागाइ प्रेस काउन्सिल नेपालका पुर्ब सदस्य नहकुल अर्याल, प्रेस युनियन नेपालका अध्यक्ष शिब लम्साल लोकतान्त्रीक छापा माध्ययमका अध्यक्ष दामोदर दवाडी ,जनपत्रकार सङ्गठनका शेर बहादुर बिक लगाएत पत्रकार पेशागत सगठनका प्रमुख हरु तथा महासङ्घका पदाधिकारी, पूर्व अध्यक्ष, पत्रकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रममा उपस्थितहलाइ उपाध्यक्ष कान्ति न्यौपानेले मन्तब्यद्धारा स्वागत गर्नु भएको थियो भने शाखाका सदस्य द्धय मन्जु धिमीरे र अनिसा निरौलाले खादा द्धारा स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन शाखाका सचिव रमेश बोहराले गर्नु भएको थियो ।शाखाको बन्दसत्रमा सचिव रमेश कुमार बोहराले वार्षिक सङ्गठनात्मक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उँहाहरुद्धारा प्रस्तुत प्रतिबेदन सर्ब सम्मत पारित गरिएको थियो ।
साधारणसभाले संस्थाको वार्षिक सङ्गठनात्मक तथा आर्थिक प्रतिवेदन पारित गर्दै घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रमा संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत मर्यादा संरक्षणका विषयलाई प्राथमिकतामा राखिएको छ । सस्थको सचिब रमेश कुमार बोहाराले प्रस्तुत गर्नु भएको प्रतिबेदनमा काठमाण्डौ शाखा र सिन्धुपाल्चोक शाखा कार्यक्रम र पत्रकार हितका बारेमा एक आपसमा गरेका कामहरका बारेमा जानकारी आदन प्रदान गर्ने कार्यमा सहजीकरण गरिदनु भएकोमा शाखाका सदस्य नेत्र बहादुर बस्नेतलाइ बिशेष धन्यबाद दिदै सिन्धुपाल्चोक घोषणा पत्र पनी सर्बाजिनक गरिएको छ । pratibedan(सचिबद्धारा प्रस्तुत प्रतिबेदन हेर्नका लागी यँहा थिच्नुहोस pratibedan )
