सम्पर्क

हिराहरि तेक्वान्दोको सिनियर तथा जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न

हिराहरि तेक्वान्दो डोजाङ , चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा सम्पन्न भएको छ । तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सिनियर खेलाडीहरु मेनुका श्रेष्ठ, आयन श्रेष्ठ, सदिना खत्री , रेगिना गुरुङ, युग काफ्ले, माधव विक, विजय श्रेष्ठ, निभा श्रेष्ठ तथा खेलाडीहरुको बाक्लो उपस्थितिमा जुनियर तथा प्रथम डान कालो पेटीको ग्रेडिङ सम्पन्न भएको छ ।सिनियरमा रातो कालो पेटीबाट कालो पेटी प्रथम डानमा उमेर तामाङ उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि जुनियरमा पहेलि हरियो पेटी तर्फ इश्वर थापा, हरियो पेटी तर्फ पासाङ तामाङ , सुहानी श्रेष्ठ , हरियो निलो पेटी तर्फ आरुष श्रेष्ठ डबल प्रमोसन हुन सफल र अन्य उतिर्ण हुन सफल भएको छ ।तेस्तै गरि कार्यक्रममा जेष्ठ प्रशिक्षार्थी धुर्बलाल श्रेष्ठद्वारा सिनियर खेलाडीहरुलाइ नेपाली तथा कोरियन प्रमाणपत्र पत्र प्रदान गरिएको थियो । साथै श्रेष्ठले परिक्षा हुन अगाबै महत्वपूर्ण भनाइ सहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाई सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो कार्य समितिका उपाध्यक्ष, तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बधाई तथा शुभकामना दिनुभयो । ग्रेडिङ प्रमुख गुरुङलेनै लिनु भएको हो।