सम्पर्क

स्वर्गीय वि पी कोइरालाको ४१औं स्मृतिमा वृक्षारोपण

कुमार बस्नेत

नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले ४१ औँ वि. पि स्मृति दिवस जुरे पहिरो लगायत बिभिन्न स्थानमा वृक्षारोपण गरि मनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –९ को जुरे पहिरोमा स्वर्गीय वि पी कोइरालाको स्मृतिको अवसरमा वृक्षारोपण गरीएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले वृक्षारोपण गरि कार्यक्रम शुभारम्भ गर्नु भएको थियो ।
वृक्षारोपण कार्यक्रममा बाल्दै श्रेष्ठले स्वर्गीय जननायक वि पी कोइराला प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै वि पी कोइराला नभए पनि उहाले गरेको योगदान अझै पनि जिवित रहेको बताउनुभयो । वि पी कोइराला अहिले नरहे पनि उहाँले प्रतिपादन गरेको राष्ट्रियता,लोकतन्त्र र समाजबादको धारणा अझै पनि जिवितै रहेकोले नेपाली काङ्ग्रेसले यसलाई सधै आर्दश मानेर अगाडि बढ्ने बताउनुभयो । प्रमुख अथिति श्रेष्ठले २०७१ सालमा जुरे पहिरो को कारण तहसनहस भई मरूभुमिमा परिणत भए को हुदा उक्त ठाउलाई ब्यवस्थित र हरियालि बनाउदै पहिरोको समेत रोकथाम होस् भन्दै यस बर्ष यस ठाँउमा बृक्ष रोपण गरेर बिपी स्मृती दिबश मनाइएको बताउँनु भयो । 
कार्यक्रमको सभापतित्व गरिरहनु भएका नेपाली काँग्रेसका क्षेत्रीय सभापती एवम बाह्रबिसे नगरपालिकाकाका प्रमुख बालकृष्ण बस्नेतले ४१ औँ वि.पि स्मृतिमा बि पिलाई सम्झदै बिपिका सिद्धान्तको फलो गर्दै काँग्रेस संगठन बिस्तार गरि बिपिको मेलमिलापको सिद्धान्त अँगाल्दै पार्टी का नेता कार्यकर्ता १ ढिका भए र जानू पर्ने बताउनु भयो । बस्नेतले जननायक वि पी कोइरालाको नेपाली काङ्ग्रेस पाटीमा ठुलो योगदान रहेको बताउदै श्रद्वासुमन प्रकट गर्नुभयो ।
वृक्षरोपन कार्यक्रममा बाह्रबिसे नगरपालिकाको उपप्रमुख मन्जु तामाङ, सुनकोशी गाउँपालिका उपाध्यक्ष कान्छी लामा महाधिबेसन प्रतिनिधि युधिर पौडेल  लगायत स्थानीयको उपस्थिती रहेको थियो क्षेत्र नं १ द्वारा आयोजित कार्यक्रममा बाह्रबिसे नगरपालिका वडा नं. ९ स्थित जुरेमा क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा, जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा र पार्टीका विभिन्न तह तप्काका ब्याक्तीहरूको उपस्थितमा बृक्षारोपन कार्यक्रम गरिएको थियो ।

यसैबिच सुनकोसी गाउँपालिका नेपाली काँग्रेस कार्यसमितिले पनि सुनकोसी गाँउपालिका वडा न १ सीता पाईला फाम डाँडामा वृक्षारोपण गरेको छ ।
कार्यक्रमको सभापतित्व रूप काजि लामाले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता नेपाली काँग्रेस महासमिति सदस्य तथा निबर्तमन सुनकोसी गाँउपालिका अध्यक्ष श्रवण कुमार जिसि ( बिनोद) ले गर्नुभएको थियो । कार्यक्रममा बिषेस अतिथि महासमिति सदस्य तथा सुनकोशी ६ का निबर्तमान वडा अध्यक्ष राम कुमार थापा, सुनकोसीको उपाध्यक्ष कान्छि लामा, नेपाली काँग्रेस महिला संघको केन्द्रीय सदस्य मन्जु नेपाल, भण्डारी , नेपाल तरूण दलको केन्द्रीय सदस्य बम बहादुर श्रेष्ठ (सानो सगुन)तरूण दल काभ्रेपलाञ्चोकका सभापति सुजन लामा सुनकोसी १ का वडा अध्यक्ष कुमार शाहि,सुनकोसी ३ का वडा अध्यक्ष ईस्वर तामाङ ,प्रदेश प्रतिनिधि प्रमोद लामा सुनकोसी का ७ वटै वडा सभापतिहरू सुनकोसीका अगुवा काँग्रेस कार्यकर्ताहरूको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रमुख अथिति जि सिले महानायक विपि लाई सम्झदै सुनकोसीका काँग्रेसमा पनि बिरुवा रोपे झै कार्यकर्ता उत्पादनसँगै बि बिको मेलमिलाप नीति अवलम्बन गर्दै अघि बढ्नुको बिकल्प नरहेको रूख पनि जुन सोजो छ तेसलाई नि काटिन्छ अब सो लाई हुर्काउ र बाङ्गा टिङ्गालाई काटौ छिमलौ अन वन जोगिन्छ । तेस्तै काँग्रेसमा पनि सोझा ईमान्दार कार्यकर्ता हुर्काउ बाङ्गा टिङ्गा छिमलौ सबै हिजाका तिता मिठा कुरा बिर्सिय र एक ढिका भए र लाग्नुको बिकल्प नरहेको बताउनु भयो ।
सभापति लामाले सबै उपस्थितलाई धन्यवाद दिदै आगमि दिनमा पनि सुनकोसी काँग्रेस एक ढिका भए र अगाडि बढ्ने र सुनकोसी काँग्रेस सुदृढ गर्दै बि पिको मेलमिलाप सिदान्त अँगाल्दै एक ढिका भए र अघि बढ्ने बताउनु भयो ।