नेपाली कांग्रेस सिन्धुपाल्चोकमा कुनै गुट उपगुट नभएको जिल्ला सभापती जगं बहादुर लामाले बताउँनु भएको छ । नेपाली काँग्रेसका संस्थापक नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४१ औं स्मृति दिवस तथा नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामाको २९औ दिनको दिन गरिएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथीका आनशनबाट बोल्दै उहाँले यस्तो बताउँनु भएको हो ।
स्व. बिकास लामा र आफू हरेक कार्यक्रममासँगै हुने गरेको स्मरण गराउँदै सगठनका लागी बिकास लामाले गरेको योगदानको जती चर्चा गरे पनी नपुग्ने बताउँनु भयो । पाटी सञ्चालनमा सहमती सल्लाहको आबश्यक पर्ने भएकोले यसरी सरसल्लाह गर्देमा गुट उपगुटको सज्ञा दिन नहुने भन्दै जिल्ला सभापती लामाले प्रजातान्त्रीक पाटीमा नेतृत्वको चाहाना धेरैमा हुने हुँदा नेतृत्व चयनको बेला गुट उपगृट जस्तो देखीएको भएता पानी अहलिे यस्तो नभएको बताउँनु भयो । उहाँले स्व लामाले आफु अस्वस्थ रहँदा पनी पाटीको लागी काम गरिरहेको बताउँदै स्व. लामा एक कुशल, इमान्दार नेता भएको बताउँनु भयो । उँहाले चौतारामा रहेको बिपी भवनमा कार्यालय सञ्चालन गरिने बताउँनु भयो । कार्यक्रममा पुर्ब सभापती भुपेन्द्र थापाले पाटीका केही नेताहरुले पाटीका कार्यकर्ताको मनोभावना बुभ्mन नसक्नु नेतृत्वमा पुगेपछी कार्यकर्ताको माग बमोजिम काम गर्न नसक्नुका कारण कार्यकर्तामा असन्तुष्टी बढ्दै गएको बताउँनु भयो । उहाँले नेतृत्वमा रहेकाहरले बिधी बिधान बमोजिम काम गर्न पर्ने बताउँदै सिन्धूपाल्चोक जिल्लामा स्व बिकास लामाले पाटीलाई बिधी सम्बत सञ्चालन गरेको स्मरण गराउँनु भयो । कुनै पनी नेताहरु आर्थीक र पारिवारीक मोहमा फस्न नहुने बताउँनु भयो । कार्यक्रममा बागमती प्रदेस सभा सदस्स्य कृष्ण कुमार तामाङले महामानब बिपी कोइरालाले देखाएको मार्ग अनुसार नै काँग्रेसको संगठन मजबुद बन्दै गएको बताउँनु भयो ।
कार्यक्रममा २० जनाले रक्तदान गर्नु भएको थियो भने नेपाली काँग्रेसका नेताहरु राजेन्द्रमान ताल्चाभोडेल, निमा लामा, बिल बहादुर तामाङ,राजुगोर्खाली,उद्धब बानीयाँ सबिता गुरुङ, नबराज भट्राइ, शिब सुनुवार, श्री लामा, लक्ष्मी सुनार शिब लामीछाने लगायतले बिपी कोइरालाका बारेमा बताउँदै स्व बिकास लामाले सिन्धुपाल्चोकमा गरेका कामका बारेमा चर्र्चा गर्नु भएको थियो कार्यक्रमका सभापतीत्व गरिरहनु भएका २ नं. क्षेत्रीय सभापती तथा मेलम्ची नगरपालीकाका प्रमुख आइतमान तामाङले नेताहर प्रती खबदार िगर्न सकेन भने नेतृत्व गलत बाटोमा पनी जान सकिने भएकाले त्यस प्रती खबदारी गर्न सबैलाई आग्रह गर्दे नेपाली काँग्रेसबाट निर्बाचन जितेका निर्बाचित जन प्रतिनिधीहरु पाटीप्रती जिम्मेवार ढगंबाट प्रस्तुत भएर कार्यकर्ताको माग बमोजिम काम गर्न सकनु पर्ने बताउँदै स्व.बिपी कोइरालाको बिचारलाई मात्रै कार्यन्वयन गर्न सके पनी पाटीले कहील्यै हार व्यहोर्नै नपर्ने बताउँनु भयो ।
कार्यक्रमको समापन गर्दे तामाङले क्षेत्रीय कार्य समिती र क्षेत्र मातहतका जन प्रतिनिधहिरुले पाटकिा पदाधिकारीहरु सँग सम्मन्वय गरेर काम गर्ने परिपाटीको बिकास गरिने बताउँनु भयो ।
