सम्पर्क

मेलम्ची नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट फट्टेमा पक्की पुल निर्माण गर्ने

मेलम्ची नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट मोटरेबल पुल निमार्ण गर्ने भएको छ । आइतबार बसेको नगर कार्यपालिका बैंठक मेलम्ची नगरपालिका – ११ फट्टेमा नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट मोटरेबल पुल निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश सरकारले मेलम्ची नदिको फट्टेमा पक्की पुल निर्माण शिर्षकमा पाँच लाख रुपैया बजेट छुट्याएको थियो । तर उक्त बजेटले पुलको डिपिआर गर्न समेत नपुग्ने भएकोले नगरपालिकाको आन्तरिक स्रोतबाटै चालू आर्थिक वर्षमै पक्की पुल निर्माणको लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको बताउनु भएको छ ।
२०७८ असार १ गतेको बाढीले मेलम्ची नगरपालिकाको २ वटा पक्कि पुलमा क्षति पुर्याएको थियो । बाढीले पुल बनाएपछि मेलम्ची बजार र मेलम्ची नगरपालिकाका वडा नम्बर ७,८,९,१० त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिका बिचको सम्बन्ध टुटेको थियो । नगरपालिकाले हिंउदको समयमा अस्थाई रुपमा ह्युम पाइप राखेर यातायात सञ्चालन गरेपनि बर्खाको समयमा नदि बाधक बन्दा मेलम्ची ७,८ र पाँचपोखरीका १ र २ र हेलम्बुका २ र ३ लगायत वडाका नागरिकहरुले ठुलो सास्ती खेप्न परेको छ । इन्द्रावती नदिमा अहिले बेलिब्रिज निमार्ण भएपछि तत्कालका लागि सदरमुकाम जोड्ने सडक सहज रुपमा सञ्चालन भएपछि पक्कि पुल निमार्णका लागि बाटो हेरिरहेको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । ३ बर्षभित्र सम्पन्न गर्नेगरि बन्न लागेको पुल निमार्णपछि मेलम्ची ७,८,११,पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाका विभिन्न वडा जानलाई समेत सहज हुने वडा नम्बर ७का वडा अध्यक्ष पासाङ तामाङले बताउनुभयो ।