राष्ट्रिय प्रजातन्त्र पाटी सिन्धुपाल्चोकमा भुगोल केन्द्रित जिम्मेवारी प्राप्त केन्द्रिय सदस्यहरुको बैठक बसेको छ । बैठकले बिभिन्न कारणले पाटीबाट बाहिरिएकाहरुलाई पुन पाटीमा प्रबेश गर्न अनुरोध गर्दै हिन्दु धर्म प्रती आस्था राख्ने तथा समान बिचारमा रहेका सबैलाई राष्ट्रिय प्रजातन्त्र पाटीमा गोलबन्द हुन आग्रह गरेको छ । सिन्धुपाल्चोक जिल्ला पाटी अध्यक्ष निलध्वज थापाको अध्यक्षतामा केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरी (पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाँउपालिका) केन्द्रिय सदस्य उदय सापकोटा –बाह्रबिसे नगरपालिका र भोटेकोशी गाँउपालिका) केन्द्रिय सदस्य गोपाल श्रेष्ठ (जुगल गाँउपालिका) केन्द्रिय सदस्य निर्मला श्रेष्ठ (मेलम्ची नगरपालिका) केन्द्रिय सदस्य चोक राज घिमिरे (चौतारा साँगाचोकगढी नगरपालिका) केन्द्रिय सदस्य चिरातमान सिंह कुँवर (इन्द्रावती गाँउपालिका) केन्द्रीय सदस्य शासङ्क शमसेर थापा ( लिसंखुपाखर र त्रिपुरासुन्दरी गाँउपालिका) केन्द्रीय सदस्य बसन्त लामा (बलेफी र सुनकोशी गाँउपालिका )केन्द्रीय सदस्य जय प्रकाश गुरागाई, २ नं क्षेत्रीय अध्यक्ष तथा बागमती प्रदेस सभा सदस्य कुमारी तामाङ, १ नं. क्षेत्रीय अध्यक्ष रामेश्वर खड्का लगाएतको बिशेष उपस्थिती रहेको केन्द्रीय सदस्य दइन्द्र बहादुर ठकुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार राप्रपाको भुगोल केन्द्रित जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यहरुलाई सहजीकरणका लागि राप्रपा कार्ययोजना २०८० संगठनिक संरचना र भावी कार्ययोजना कार्यान्वयनको विषयमा छलफल गरिएको थियो । बागमती प्रदेस सभा सदस्य तथा २ नं. क्षेत्रीय अध्यक्ष कुमारी तामाङले बैठकमा बेल्दै आगामी दिनमा राष्ट्रिय प्रजातन्त्रपार्टीलाई देशकै पहिलो पाटी बनाउँन लागी पर्नु पर्ने बताउँनु भयो । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पाटीमा नव प्रबेशीहरुलाई सम्मान जनक पदिय जिम्मवेवारी दिएर १ नं. पाटी बनाउँन सबै लागी पर्नु पर्ने धारणा राख्नु भएको थियो ।
