सम्पर्क

कुविण्डेलाई जिवन्त गाउँ बनाउन परियोजना

चीन सरकारले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेलाई ‘जिवन्त गाउँ ’ बनाउन नमुना परियोजनाको सुरुवात गरेको छ ।
सोमबार एक समारोहबीच निर्वतमान सभामुख अग्नीप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ दुतावासका आर्थिक तथा वाणिज्य काउन्सुलर सियूले परियोजनाको संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।
छिमेकी मित्र राष्ट्र चीनको सहयोगमा चीन– दक्षिण एसियाली मुलुकहरु गरिबी निवारण तथा विकास सहयोग केन्द्रले अघि सारेको जिवन्त गाउँ परियोजना सिन्धुपाल्चोकको कुविण्डे पहिलो गाउँ हो ।
परियोजनालाई दक्षिण एशियाली मूलुकहरुमा सुरु गर्ने लक्ष्य अुनुरुप पहिलोपटक सिन्धुपाल्चोककोको कुविण्डेबाट सुरु भएको काउन्सुलर सियूले बताउनुभयो । उहाँले कुविण्डेलाई कृषि र पशुपालनसँगै जोड्दै जिवन्त गाउँ बनाउन चीन सरकार पछी नहट्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
र्निर्वतमान सभामुख सापकोटाले जीवन्त गाउँ परियोजनामार्फत कुविण्डेलाई नमूना गाउँ बनाउने चिनियाँ परियोजनालाई सबैले सघाउनु पर्ने धारणा राख्नुभयो । उहाँले परियोजनाले कुविण्डे गाउँको मूहार नै फेरिने भन्दै गाउँमा आएको अवसरलाई सहयोग र समन्वयमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा चीनका निर्देशक लि जिउहोङ, साउथवेष्ट विश्वविद्यालय चीनका लि छुयेङ , चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्णप्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमकै अबसर पारेर निर्वतमान सभामुख सापकोटा र काउन्सुलर सियुले ४ सय ३६ जना विद्यार्थीलाई १८ किसिमका शैक्षिक र स्वास्थ्य सामाग्रीसहित विद्यालय झोला वितरण समेत गर्नुभएको छ । साथै काउन्सुलर सियुले कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटालाई दुध प्याकिङ मेशिन हस्तान्तरण गर्नुभयो ।