सम्पर्क

टोल–टोलमै सामाजिक सुरक्षा भत्ता

चौतारा साँगाचोकगढी नगरपालिका – १० ले टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको छ ।
बैंकिङ प्रविधिबाट वितरण गर्दै आएको भत्ता नागरिकहरुलाई सहज रुपमा उपलब्ध गराउने उद्देश्यले टोलमा नै वितरण गरिएको वडा नंं. १० का वडाध्यक्ष निल बहादुर तामाङले बताउनुभयो । टोलटोलमै पुगेर सामाजिक सुरक्षा वितरण गर्न थालेपछि जेष्ठ नागरीक , अपाङ्ग असाहय तथा एकल महिला खुशी व्यक्त गरेका छन् । टोलमै भत्ता वितरण हुन थालेपछि बिशेषगरी अपाङ्गता भएका र ज्योष्ठ नागरीकहरुलाई सहज भएको छ ।