सम्पर्क

चौताराबाट विद्युतीय गाडी सञ्चालन हुने

सिन्धुपाल्चोकको चौताराबाट विद्युत गाडी सञ्चालन हुने भएको छ । सिन्धु चौतारा यातायातले सानोसिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गर्न लागेको हो । यातायातका सञ्चालन चौताराका युवा व्यवसायीहरु हिरोमणी श्रेष्ठ र निमेष श्रेष्ठले गर्न लागेका हुन् । व्यवसायी निमेष श्रेष्ठका अनुसार साउन १० गतेदेखि काठमाडौंबाट बिहान दुईवटा र दिउसो दुईवटा गाडी यात्रु बोकेर चौतारा आउनेछन् भने चौतारातिरबाट पनि बिहान एउटा सानोसिरुवारीबाट र एउटा स्याउलेबाट काठमाडौ जानेछन् । दिउसो पनि चौताराबाट दुईवटा गाडी काठमाडौं जानेछन् । परिक्षण यातायात भने साउन ८ गते बिहानबाटै सुरु हुनेछ । पहिलो चरणमा १० र १० सिट यात्रु क्षमता भएको ४ वटा बसबाट सेवा प्रदान गरिने व्यवसायी हिरोमणी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चौताराको भिन्तुना चोकमा बसपार्क रहनेगरी सञ्चालन हुने एसी सुविधा सहितको विद्युत गाडीको टिकट काट्न चाहनेले सञ्चालकहरु निमेष श्रेष्ठ (9851174880) र हिरोमणी श्रेष्ठ (9841924445, 9801007391) लाई सम्पर्क गर्नसक्नेछन् ।