सम्पर्क

ट्राफिक प्रहरी सिन्धुपाल्चोकद्वारा १० प्रतिशत बढी राजस्व सङ्कलन

कुमार बस्नेत (अधिराज)
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष २०७९÷८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९÷८० मा रु. १ करोड ३१ लाख ४० हजार पाँच सय राजस्व सङ्कलन गरेको हो । यो अघिल्लो आव २०७८÷७९ को तुलनामा १० प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अँधेरीका प्रमुख उत्तम राज आचार्यले बताउनुभयो । अघिल्लो आ.व. २०७८÷०७९ मा १ करोड १९ लाख २० हजार पाँच सय मात्र राजस्व सङ्कलन गरेको थियो ।
ट्राफिक जाँचमा गरिएको कडाइका कारण यस आव २०७९÷८० मा राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी प्रमुख आचार्यले भनाइ छ ।
गत वर्ष भन्दा दुर्घटनामा पनि कमी

गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा सवारीसाधन दुर्घटनामा जिल्लाका ६९ सवारी दुर्घटना भएकोमा २८९ जना घाईते भएका १९ जनाले ज्यान गुमाएका थिए भने यस वर्ष ४८ दुर्घटना भएको घाईते हुनेको संख्या १०३ जना छन् भने मृत्यु हुनेको संख्या १० मात्र रहेको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ  ।
जिल्ला कार्यालयको पहलमा जिल्ला भर बजार चोक,चोकमा ट्राफिक संकेतहरू राखिएको छ । ठाउँ ठाँउमा जेब्रा क्रसिङ बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अँधेरीका प्रमुख उत्तम राज आचार्यले बताउनुभयो । जिल्ला ट्राफिक कार्यालय अँधेरी मातहतमा तातोपानी १० कि,मि, बाह्रबिसे ,१६ कि.मि पाखर, चौतारा ,बन्देउ, मेलम्ची लगाएतको ठाँउहरूमा समेत अस्थाई ट्राफिक प्रहरि पोस्टहरू राखे र चेक जाँच गरिएको र महिना महिनामा सबारी साधनको मिस्रीद्वारा चेक जाँज तथा चालक सह चालकको स्वस्थ परिक्षण समेत गरिदै आएको ट्राफिक प्रमुख आचार्यले बताउनुभयो ।