
आत्महत्या जस्ता विषयसँग जोडेर स्वास्थय तथा जनसंख्या मन्त्रीको नाम पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्यमन्त्रीको भनाईलाई अनावश्यक तोडमोड गरिएको जनाउँदै सूचना अधिकारी डा पवन कुमार साहले बिहीबार एक विज्ञप्ति जारी गर्दे एकजना विशेषज्ञ चिकित्सकलाई खटाईएको ठाउँमा काम गर्न सम्झाईबुझाई गर्दा पनि निजले आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटकपटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा निज तोकिएकै स्थानमा जाउन भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्दर्भमा सो भाषा प्रयोग भएको भन्दै त्यसलाई तोडमोड गरिएको बिज्ञेप्ती मार्फत जानकारी दिनु भएको छ ।
संघ पूल दरबन्दीमा रहेका एकजना विशेषज्ञ चिकित्सकलाई खटाईएको ठाउँमा काम गर्न सम्झाईबुझाई गर्दा पनि निजले आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटक पटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा निज तोकिएकै स्थानमा जाउन भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्दर्भमा सो भाषा प्रयोग भएको तर हाल सो तथ्य तोडमोड गरी अर्कै भाषा सृजना गर्ने प्रयास गरी पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भ्रम सृजना गरेको पाइएको जनाएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा सो विषय विज्ञता सम्बन्धी ४० भन्दा बढी स्वास्थ्यकर्मीहरू कार्यरत रहेको र हाल पनि दरबन्दी भन्दा बढी विशेषज्ञ रहेको तथा अन्य अस्पतालमा दरवन्दीका विशेषज्ञ नभएको अवस्थामा यस्ता धम्कीहरूलाई निरूत्साहन गर्दै स्वास्थ्यकर्मीहरूलाई दरवन्दी भएकै ठाउँमा काम गर्ने वातावरण सृजना गर्न तथा वर्षौँदेखि कामकाजमा मात्र रहने अवस्था सुधार गरी काठमाडौँमा मात्रै बस्न खोज्ने प्रवृत्तिलाई रोक्न यस्तो प्रयास भएको हो। निज चिकित्सक तत् पश्चात पत्र बुझी काठमाडौँ उपत्यका बाहिरको संघीय अस्पतालमा हाँजिर भई काम गरिरहेको अवस्था रहेको बिज्ञप्तिमा उल्लेख रहेको छ । बर्षौ देखि सुगममा मात्र जनशक्ति थुप्रने, दुर्गममा अभाव हुने बेथितिको सुधार एवं निर्मलीकरण, दुर्गममा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने र दुर्गममा पनि स्वास्थ्यका जनशक्ति पुर्याउने अभियान चलाइरहदा प्रशासनिक सुधारका क्रियाकलापलाई आत्महत्या जस्ता संवेदनशील विषयसँग जोडेर समाचार सम्प्रेषण नगर्न नगर्नु हुन सम्बद्ध सबैमा मन्त्रालयले अनुरोध गरेको छ ।
