सम्पर्क

राजकिय सम्मानका सहति दाहालको अन्त्यष्टी


नेकपा माओबादी केन्द्रकी सल्लाहकार प्रधान मनत्री पुष्पकमला दाहालको धर्म पत्नी सिता दाहालको हिवो नर्र्भीक अस्पतालमा निधन भएको छ । लामो समय बिरामी पर्नु भएका दाहलको हिजो निधन भए पछी राजकिय सम्मानका साथ पशुपती आयृघाटमा अन्त्यष्टी गरिएको हो । स्व. दाहाललाइ प्रधान मन्त्री पुष्पकमल दाहाल,छोरीहरु रेणु,र गगां ले दाग बत्ती दिनु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा श्रद्धाञ्जलीका लागि नेकपा(माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको थियो त्यस पछी दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइएको थियो ।आर्यघाटमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव बैकुण्ठ अर्याल, सांसद, सचिव, कुटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित भएर श्रदान्जली दिनु भएको थियो ।सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।