सम्पर्क

ब्रेकिङ न्युज १

स्वास्थ्य मन्त्री बस्नेतद्वारा दक्षिणकाली नगर अस्पताल उदघाटन

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दक्षिणकाली नगर अस्पतालको उदघाटन गर्नुभएको छ । दक्षिणकाली नगरपालिका – १ चाल्नाखेलमा निर्माण भएको दक्षिणकाली नगर अस्पतालको शनिबार एक समारोहबिच उदघाटन गर्नुभएको छ । वि.सं २०७१ देखि स्वास्थ्य चौकीको रुपमा सञ्चालनमा रहेको स्वास्थ्य संस्थालाई १५ शैयामा स्तरोन्नति गरि नगर अस्पताल बनाइएको छ । अस्पताल उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको जनशक्तिको अभाव रहेको जानकारी गराउदै नवनिर्मित अस्पतालमा छात्रवृतिका डाक्टर पठाएर भए पनि चिकित्सकको अभाव हुन नदिने बताउनुभयो । उहाँले यो क्षेत्रमा मिर्गौलाका विरामीको संख्या बढेको पाइएकाले तत्कालै डायलासिसका लागि ३ वटा मेसिन तत्काल स्वास्थ्य मन्त्रालयले पठाइदिने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले दक्षिणकाली नगर अस्पतालको सुधारका लागि बाग्मती प्रदेश स्वास्थ्य...

मेलम्ची फट्टेमा पक्की पुलका लागी प्राबिधिक अध्ययन सूरु

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ११ स्थित फट्टेमा पक्की पुल बनाउने निर्णय भएसंगै शनीबार देखी बिस्तृत प्राबिधिक अध्ययन सूरु भएको छ । मेलमची नगरपालिकाकोे बैठकले तत्काल नागरिकको माग सम्बोधन गर्ने गरी फट्टेमा पक्की पुल निर्माण गर्ने निणर्य गरेपछि शनिबारबाट अध्ययन सूरु भएको हो। बिस्तृत प्राबिधिक अध्ययनका लागि पुल्चोक इन्जीनियरिङ्ग क्याम्पसका सह –प्राध्यापक भरत मण्डलको टोली मेलम्ची आएर अध्यया शुरु गरेको हो । अध्ययन शुरु गर्ने क्रममा मण्डलले टोलीले वृस्तित अध्यन गरेर परियोजना प्रस्ताब तयार गर्ने बताउनु भयो । स्थानीय नागरिकले मतदान गरेर संघ र प्रदेसमा माननीय पठाएको भएता पनी उँहाहरुबाट नागरिकको मागलाइ सम्बोधन नभए पछी मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङले नगर बाट निर्णय गराएर पुल बनाउँन लागेको हो । संघ र प्रदेश सरकारले वेवास्ता गरेका कारण नगरपालिकाले आफ्नो श्रोतबाट पक्कि पुल नि...

एन.आर.एन.ए.युएइ को सचिबमा मेरो जित निश्चीत छः कुमार श्रेष्ठ

#, अन्तर्वाता, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ रानीटारका कुमार श्रेष्ठ हाल दुबइमा कार्यरत रहनु भएको छ। उँहाले एन.आर.एन.ए.युएई (नेपाल एसोशिएसन) २०२३–२०२५ को लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । प्रस्तुत छ उँहा सँग गरिएको कुराकानी १तपाइ ले जुलाइ ३० तारिख २०२३मा हुने एन.आर.एन.ए.युएईको महाधिबेशनमा सचिबको उम्मेद्धारी घोषणा गर्नु भएको छ कस्तो छ अबस्था हो मेले जुलाइ ३० तारिख २०२३मा हुने एन.आर.एन.ए.युएईको महाधिबेशनमा सचिबको उम्मेद्धारी घोषणा गरेको छु । म सबेको भलो चाहाने मानीस मेरो ब्यक्तीगत स्वार्थ केही पनी छैन, म मजदुरी गरेर खाने ब्यक्ती अनी श्रमको मुल्य र मान्यता बुझेको छु, बदिेसमा आएर गर्न परेका दुखका बारेमा जानकार छु , उँहा रहनु भएका हरेक नेपालीको मनमनमा बस्न सफल भएको छु मलाइ सबै साथीहरुले जित्ने निश्चीतता रहेको होसल्या दिइरहनु भएको छ, मेरो अबस्था राम्रो रहेको छ । २...

वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन ः स्वास्थ्य मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
  काठमाडौं, १२ साउन ः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताउँनु भएको छ। देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको जानकारी दिनु भयो । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्न देखि भिआईपीसम्मका विरामीले महसुस गर्ने गरि काम गरेको दावी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै विरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको बताउँनु भयो । वीर अस्पतालका ७०० शैया विपन्नका लागि निुशल्क गरेको, आकस्मिक कक्षमा शैया संख्या बढाएको, ओपिडी सेवा विहान ८ बजेदेख...

 आधारभूत स्वास्थ्यसेवा निःशुल्क गरिने

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीमा निर्मित ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’ बिहीबार प्रदेश सरकारलाई हस्तान्तरण गर्दै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थानुसार नागरिकलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले मन्त्रालयले छ महिनाभित्र नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान हुनेगरी काम गरिरहेको दावी गर्नुभयो ।  “स्वास्थ्य मन्त्रालयले पहिलो पटक निजी तथा सरकारी अस्पतालमा गरी तीन हजार २५ शय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुट्याउने काम गरिसकेको छ”, उहाँले भन्नुभयो, “अस्पतालले १० प्रतिशत शय्या निःशुल्क छुट्याउने नियम कडाइपूर्वक पा...

एन.आर.एन.ए.युएईको सचिवमा कुमार

बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
एन.आर.एन.ए.युएई (नेपाल एसोशिएसन) २०२३–२०२५ को लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका –१४ रानीटारका युवा समाजसेवी कुमार श्रेष्ठले सचिव पदका उम्मेदवार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नु भएको छ । श्रेष्ठ अहिले दुबईमा व्यवसाय गरेर बस्नुभएको छ । दुबईमा सन् २००८ देखि ‘ट्याक्सी चालकको रूपमा काम गरिरहनु भएका कुमार श्रेष्ठ सबैसँग मिलेर काम गर्ने र सामाजीक सेवामा पनी त्यतीक्केै चासो राख्ने भएकाले पनी जित निश्चीत जस्तै देखन्छि । १२ वर्ष देखी ट्याक्सी चालक भएर काम गरिरहनु भएका श्रेष्ठ ५ हजारभन्दा बढी नेपाली ट्याक्सी चालकको हितमा काम गरेको छु । त्यसकारण आफुले जित्ने प्राय निश्चित रहेको बताउँदै एनआरएनएमा रहेर आर्थिक पारदर्शिता र संस्थागत सुदृढिकरणलाई आफ्नो एजेण्डा रहेको बताउँनु भयो । युएईमा ५ लाखभन्दा बढी नेपाली रोजगारीको शिलशिलामा छन् उहाँहरूको आफ्नै धेरै समस्या छन । ती सास्याहरुमा आफु वि...

पत्रकारिताले आफ्नो धर्म छाड्नु हुँदैन : अध्यक्ष बस्नेत

ब्रेकिङ न्युज १, विचार, समाचार
  रासस.:   प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज र जनताप्रति पत्रकारिताको ठूलो दायित्व हुने भएकाले आफ्नो धर्म छाड्न नहुने धारणा राख्नुभएको छ । नेपाल प्रेस काउन्सिलले आज यहाँ आयोजना गरेको पत्रकार आचारसंहिता कार्यान्वयनको २८औँ शृङ्खलामा अध्यक्ष बस्नेतले समाजप्रति जिम्मेवारी निर्वाह गर्दै पत्रकारिताले आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले राज्य र अन्य निकायले नसुनेका समस्या सञ्चारमाध्यमले उजागर गर्नुपर्नेमा जोड दिनुभयो । “सरकार र विभिन्न क्षेत्रले नसुनेका कुराहरु सञ्चारमाध्यममा आइदिए हुने थियो भन्ने धेरैको चाहना हुन्छ, सत्य कुरा बाहिर ल्याउनका लागि सञ्चारमाध्यमको भर परेका हुन्छन्”, उहाँले भन्नुभयो, “पत्रकारिताले आफ्नो धर्म छाड्ने र आचारसंहिताको पालना नगर्ने हो भने समाज र जनताले गरेको विश्वासप्रति ठूलो धोका हुन्छ ।” छापा सञ्चारमाध्यमलाई परिष्कृत गर्दै डिजिटल माध्यमला...

स्वास्थ्य मन्त्रालयद्धारा औषधि पसलको अनुगमन सुरु

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि देशभरका औषधि पसलहरूको अनुगमन सुरु गरेको छ । औषधि पसलहरू मापदण्ड विपरीत चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो । अनुगमनका क्रममा केही औषधि पसलहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताउनुभयो । उहाँले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधीहरू पनि औषधि पसलले बिक्रीका लागि राखेको भेटिएको बताउनुभयो । केही फार्मेसीहरूको दर्ता प्रमाणपत्र नवीकरण नभएको र विभागमा दर्ता नभएका औषधीहरू पनि फार्मेसीमा राखिएको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो त्यस्ता औषधीहरू स्याम्पलसहित फिर्ता लिएका छौँ । जसको नाममा औषधि पसल दर्ता भएको छ, उहाँ फर्मासिस्टहरु अनुपस्थित रहेको पाइयो । केही औषधि पसलमा कस्मेटिक औषधि पनि बिक्री वितरणका लागि राखेको पाइयो । त्यो हटाउन लगाएका छौँ । केही औषधि पसलम...

राप्रपा सिन्धुपाल्चोकमा केन्द्रीय सदस्यहरुको बैठक

ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पाटी सिन्धुपाल्चोकमा भुगोल केन्द्रित जिम्मेवारी प्राप्त केन्द्रिय सदस्यहरुको बैठक बसेको छ । बैठकले बिभिन्न कारणले पाटीबाट बाहिरिएकाहरुलाई पुन पाटीमा प्रबेश गर्न अनुरोध गर्दै हिन्दु धर्म प्रती आस्था राख्ने तथा समान बिचारमा रहेका सबैलाई राष्ट्रिय प्रजातन्त्र पाटीमा गोलबन्द हुन आग्रह गरेको छ । सिन्धुपाल्चोक जिल्ला पाटी अध्यक्ष निलध्वज थापाको अध्यक्षतामा केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरी (पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाँउपालिका) केन्द्रिय सदस्य उदय सापकोटा –बाह्रबिसे नगरपालिका र भोटेकोशी गाँउपालिका) केन्द्रिय सदस्य गोपाल श्रेष्ठ (जुगल गाँउपालिका) केन्द्रिय सदस्य निर्मला श्रेष्ठ (मेलम्ची नगरपालिका) केन्द्रिय सदस्य चोक राज घिमिरे (चौतारा साँगाचोकगढी नगरपालिका) केन्द्रिय सदस्य चिरातमान सिंह कुँवर (इन्द्रावती गाँउपालिका) केन्द्रीय सदस्य शासङ्क शमसेर थापा ( लिसंखुप...

मेलम्ची नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट फट्टेमा पक्की पुल निर्माण गर्ने

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट मोटरेबल पुल निमार्ण गर्ने भएको छ । आइतबार बसेको नगर कार्यपालिका बैंठक मेलम्ची नगरपालिका – ११ फट्टेमा नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट मोटरेबल पुल निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले मेलम्ची नदिको फट्टेमा पक्की पुल निर्माण शिर्षकमा पाँच लाख रुपैया बजेट छुट्याएको थियो । तर उक्त बजेटले पुलको डिपिआर गर्न समेत नपुग्ने भएकोले नगरपालिकाको आन्तरिक स्रोतबाटै चालू आर्थिक वर्षमै पक्की पुल निर्माणको लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको बताउनु भएको छ । २०७८ असार १ गतेको बाढीले मेलम्ची नगरपालिकाको २ वटा पक्कि पुलमा क्षति पुर्याएको थियो । बाढीले पुल बनाएपछि मेलम्ची बजार र मेलम्ची नगरपालिकाका वडा नम्बर ७,८,९,१० त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिका बिचको सम्बन्ध टुटेको थिय...