सम्पर्क

मेलम्ची फट्टेमा पक्की पुलका लागी प्राबिधिक अध्ययन सूरु

सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ११ स्थित फट्टेमा पक्की पुल बनाउने निर्णय भएसंगै शनीबार देखी बिस्तृत प्राबिधिक अध्ययन सूरु भएको छ । मेलमची नगरपालिकाकोे बैठकले तत्काल नागरिकको माग सम्बोधन गर्ने गरी फट्टेमा पक्की पुल निर्माण गर्ने निणर्य गरेपछि शनिबारबाट अध्ययन सूरु भएको हो। बिस्तृत प्राबिधिक अध्ययनका लागि पुल्चोक इन्जीनियरिङ्ग क्याम्पसका सह –प्राध्यापक भरत मण्डलको टोली मेलम्ची आएर अध्यया शुरु गरेको हो । अध्ययन शुरु गर्ने क्रममा मण्डलले टोलीले वृस्तित अध्यन गरेर परियोजना प्रस्ताब तयार गर्ने बताउनु भयो । स्थानीय नागरिकले मतदान गरेर संघ र प्रदेसमा माननीय पठाएको भएता पनी उँहाहरुबाट नागरिकको मागलाइ सम्बोधन नभए पछी मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङले नगर बाट निर्णय गराएर पुल बनाउँन लागेको हो । संघ र प्रदेश सरकारले वेवास्ता गरेका कारण नगरपालिकाले आफ्नो श्रोतबाट पक्कि पुल निर्माण गर्न लागेको बताउँदैै पुल निर्माण पछि मेलम्ची नगरपालिकाको ११, ७ र ८ का साथै पाँचपोखरी र हेलम्बु गाउँ पालिकाका अधिकांस क्षेत्रका नागरिकले सेवा पाउँने तामाङले बताउँनु भयो । उँहाले मेलम्चीको पुर्वाधार निर्माण र समग्र विकासका लागि नगरले कुनै कसर बाकी नराख्ने बताउँदै राजनिती गर्ने नेताहरु सबै ले नागरिकको मागको सुनुवाइ गर्नु पर्ने बताउँनु भयो । पुर्ब उप प्रमुख भगवती नपालले संघ र प्रदेसले गर्न पर्ने काम किन गरेन भन्दै नागरिकको समस्या का लागी मेलमची नगरपालिकाले गरेको माका लागी बिशेष धन्यबाद दिनु भयो । अध्यनका क्रममा पुर्व उपप्रमुख भगवती नेपाल, नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, वडा अध्यक्षहरु ७ का पासाङ तामाङ, ८ का जितबहादुर दोङ, १० का अमृत खनाल र ११ का चन्द्रबहादुर तामाङ तथा लेखा अधिकृत मुरारी पुडासैनी, इन्जिनियर जितबहादुर कार्की लगायत सहभागी रहनु भएको छ ।