सम्पर्क

एन.आर.एन.ए.युएइ को सचिबमा मेरो जित निश्चीत छः कुमार श्रेष्ठ

सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ रानीटारका कुमार श्रेष्ठ हाल दुबइमा कार्यरत रहनु भएको छ। उँहाले एन.आर.एन.ए.युएई (नेपाल एसोशिएसन) २०२३–२०२५ को लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । प्रस्तुत छ उँहा सँग गरिएको कुराकानी
१तपाइ ले जुलाइ ३० तारिख २०२३मा हुने एन.आर.एन.ए.युएईको महाधिबेशनमा सचिबको उम्मेद्धारी घोषणा गर्नु भएको छ कस्तो छ अबस्था
हो मेले जुलाइ ३० तारिख २०२३मा हुने एन.आर.एन.ए.युएईको महाधिबेशनमा सचिबको उम्मेद्धारी घोषणा गरेको छु । म सबेको भलो चाहाने मानीस मेरो ब्यक्तीगत स्वार्थ केही पनी छैन, म मजदुरी गरेर खाने ब्यक्ती अनी श्रमको मुल्य र मान्यता बुझेको छु, बदिेसमा आएर गर्न परेका दुखका बारेमा जानकार छु , उँहा रहनु भएका हरेक नेपालीको मनमनमा बस्न सफल भएको छु मलाइ सबै साथीहरुले जित्ने निश्चीतता रहेको होसल्या दिइरहनु भएको छ, मेरो अबस्था राम्रो रहेको छ ।
२ तपाइ अहीले के पेशा गर्दै हुनुहुन्छ
म अहिले दुबईमा व्यवसाय गरेर बसेको छु दुबईमा म सन् २००८ देखि ‘ट्याक्सी चालकको रूपमा काम गरिरहेको छु । अहीले म एन.आर.एन.ए.युएइको चिब पदको उमेद्धार छु
तपाइले जित्ने आधार के के छन त
मेरो जित्ने आधार धेरै छन ति मध्य म सबैसँग मिलेर काम गर्छु सामाजीक सेवामा पनी त्यतीक्केै गरिरकाले पनी जित निश्चीत जस्तै छ । १२ वर्ष देखी ट्याक्सी चालक भएर काम गरिरहँदा ५ हजारभन्दा बढी नेपाली ट्याक्सी चालकको हितमा काम गरेको छु । कोभिड महामारीको समयमा नेपाली श्रमिकको लागि समेत धेरै काम गरिसकेको दुई वर्ष पब्लिक रिलेसनशिप अफिसरका रूपमा समेत काम गरेको कारण नेपाली श्रमिकलाई के समस्या पर्छ र त्यसलाई कसरी समाधान र सहजिकरण गर्न सकिन्छ भन्ने कुरामा आफु जानकार रहेको ले समस्या समधानमा लाग्ने भएकाले आफुले जित्ने प्राय निश्चित रहेको छ । हिजोको दिन विदेशमा रहेर पनि गरिव निमुखा को निम्ती सहयोग गरेको,जुरे पहिरो जादा नेपाल एम्बेसी आवुधावीमा ५ दिन सम्म खटेर त्यहा सेवा लिन आउने सबै संग सहयोग गरि पठाउने सम्मको सहयोग हरु गरेका कारण पनी मलाइ सबैसाथीहरुले चिन्नु हुन्छ र एनआरएनएमा रहेर आर्थिक पारदर्शिता र संस्थागत सुदृढिकरणका लागी पनी आफुले जित्ने पक्का भएको छ ।

अन्तमा केही भन्नु छ की
सबै भन्दा पहीले त लोक प्रिय समाचार दैनिकलाइ बिशेष धन्यबाद दिन चाहान्छु , अनी मेरो बिचारलाइ लोकप्रिय समाचार मार्फत सबैको सामु पुर्याउन सयाृग गर्नु हुने बिपना तामाङलाइ खाश गरी गैर आबवासीय संघ, राष्टीय सम्मन्वय परिषद (एएनआरएनए )युएइको जुलाइ ३० तारिख २०२३मा हुने महाधिबेशनमा दुवई मा रहनु भएका सम्पुर्ण सिन्घुपाल्चोक समाज तथा जनजाती समाज लगाएत सबैले मलाइ सचिब पदमा निर्बाचित गराउँनु हुने छ भन्दै जिताउँनका लागी हार्दीक अनुरोध गर्दछु ।