सम्पर्क

क्रसर उद्योगले मापदण्ड उल्लङ्घनगरेको छ श्रेष्ठ

जिल्लाका अधिकांश क्रसर उद्योगले सार्वजनिक जग्गामा नदीजन्य पदार्थ राखेर मापदण्ड उल्लङ्घन गरेको भेटिएको जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले बताउँनु भएको छ । उहाँले यसरी सार्वजनिक जग्गामा राखिएका नदीजन्य पदार्थ तत्काल हटाउन क्रसर उद्योगहरूलाई निर्देशन दिएको समेत बताउँनु भएको छ । जिल्ला समन्वय समितिले शुक्रबार गरेको अनुगमनका क्रममा सिन्धुपाल्चोकमा सञ्चालन भइरहेका क्रसर उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरी बालुवा, गिट्टीलगायतका नदीजन्य पदार्थ सङ्कलन गरेको पाइएको ले तत्काल हटाउँन निर्देशन दिनु भएको हो । सिन्धुपाल्चोक जिल्लामा ३९ वटा क्रसर उद्योग रहेकामा ३७ वटा मात्र सञ्चालनमा रहेको आफुले पाएको बताउँदै श्रेष्ठले यीमध्ये १७ क्रसर उद्योगले मात्र जिससमा क्रसर सञ्चालन गरिएको कागजात पेस गरेका क्रसर जिससको सम्पर्कमा नआएकोे बताउनुभयो। उँहाले केही क्रसर उद्योगले अहिलेसम्म स्थानीय सरकारलाई कर नबुझाई सार्वजनिक जग्गा अतिक्रमण गरी स्टोर गरेको ,क्रसर उद्योगले त्यस्तो कर बुझाएको अहिलेसम्म प्रमाण नआएको ले प्रमाणीत भएको बताउँनु भयो । सिन्धुपाल्चोकमा केही क्रसर उद्योग बन्द भएका छन् भने केहीलाई बाढीले क्षति गरेपछि सञ्चालन हुन सकेका छैनन्। काभे्र रोडा ढुङ्गा प्रालि, मेलम्ची ए क्रोन क्रसर उद्योग, जालपा इन्फास्ट्रक्चर प्रालि, सोना क्रसर उद्योगलगायतका अधिकांश क्रसर उद्योगले मापदण्ड मिचेर उत्खनन गरेका पदार्थ राख्ने गरेका पाइएको हो। सिन्धुपाल्चोकमा रहेका क्रसर उद्योगमध्ये नौ वटा मात्रै मापदण्डबमोजिम सञ्चालन भएको जिसस प्रमुख श्रेष्ठले बताउनुभयो। मापदण्डबमोजिम क्रसर उद्योग सडक, बस्ती, खोला, वन, हाइटेन्सन लाइनभन्दा पाँच सय मिटर टाढा सञ्चालन गरिनु पर्छ। अधिकांश क्रसर उद्योगले भने यो मापदण्डलाई बेवास्ता गरेको पाइएको छ।