सम्पर्क

एन.आर.एन.ए.युएईको सचिवमा कुमार

एन.आर.एन.ए.युएई (नेपाल एसोशिएसन) २०२३–२०२५ को लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका –१४ रानीटारका युवा समाजसेवी कुमार श्रेष्ठले सचिव पदका उम्मेदवार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नु भएको छ ।
श्रेष्ठ अहिले दुबईमा व्यवसाय गरेर बस्नुभएको छ । दुबईमा सन् २००८ देखि ‘ट्याक्सी चालकको रूपमा काम गरिरहनु भएका कुमार श्रेष्ठ सबैसँग मिलेर काम गर्ने र सामाजीक सेवामा पनी त्यतीक्केै चासो राख्ने भएकाले पनी जित निश्चीत जस्तै देखन्छि । १२ वर्ष देखी ट्याक्सी चालक भएर काम गरिरहनु भएका श्रेष्ठ ५ हजारभन्दा बढी नेपाली ट्याक्सी चालकको हितमा काम गरेको छु ।
त्यसकारण आफुले जित्ने प्राय निश्चित रहेको बताउँदै एनआरएनएमा रहेर आर्थिक पारदर्शिता र संस्थागत सुदृढिकरणलाई आफ्नो एजेण्डा रहेको बताउँनु भयो ।
युएईमा ५ लाखभन्दा बढी नेपाली रोजगारीको शिलशिलामा छन् उहाँहरूको आफ्नै धेरै समस्या छन । ती सास्याहरुमा आफु विद्यमान रहेको भन्दै त्यसलाई समाधानमा लाग्ने बताउँनु भयो । हिजोको दिन विदेशमा रहेर पनि गरिव निमुखाको निम्ती सहयोग गर्दै आएको उहाँले आगमी दिनहरुमा पनि सहयोग गर्ने बताउनुभयो । २०७१ साउनमा गएको जुरे पहिरो जादा नेपाल एम्बेसी आवुधावीमा ५ दिनसम्म खटेर सेवा प्रदान गर्नुभएको थियो ।

उहाँले कोभिड महामारीको समयमा नेपाली श्रमिकको लागि समेत धेरै काम गरिसकेको बताउँदै श्रेष्ठले दुई वर्ष पब्लिक रिलेसनशिप अफिसरका रूपमा समेत काम गरेको कारण नेपाली श्रमिकलाई के समस्या पर्छ र त्यसलाई कसरी समाधान र सहजिकरण गर्न सकिन्छ भन्ने कुरामा आफु जानकार रहेको बताउँनु भयो । गैर आबवासीय संघ, राष्टीय सम्मन्वय परिषद (एएनआरएनए )युएइको यही श्रावण १८गते जुलाइ ३० तारिख २०२३मा महाधिबेशन हुनेछ ।