सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोक शाखाले विहिवार वन पैदावार शुल्क हटाउन माग गर्दै सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा ज्ञापन पत्र बुझाएको छ । महासंघले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय हेटौँडा समक्ष डिभिजन वन कार्यालय सिन्धुपाल्चोक मार्फत ज्ञापन पत्र बुझाएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोकका उपाध्यक्ष शारादा चालिसेले जानकारी दिनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोकका अध्यक्ष जनक राज गिरीका अनुसार प्रदेश आर्थिक ऐन दफा २० बमोजिम सामुदायिक वन उपभोत समुहमा लगाईने वन पैदावार शुल्क हटाउन वा छुट हुने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्न मुख्यमन्त्री समक्ष ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।
बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८० को दफा २० मा गरिएको २० प्रतिशत कर व्यवस्था खारेज गर , प्रदेश वन ऐन २०७६ संसोधन गर , सामुदायिक वन अधिकारको ग्यारेन्टी गर र प्राकृतिक श्रोत माथी स्थानीय समुदायको अधिकारको सुनिश्चितता गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
