सम्पर्क

ब्रेकिङ न्युज १

बन महासघको आन्दोलन स्थगित

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेश सरकारले सामुदायिक वन माथी लागाएको २०% करको खारेजीकको माग राख्दै गरेको आन्दोलन स्थगित भएको छ । सामुदायिक वन उपभोक्ता महासघं नेपाल बागमती प्रदेश महासंघले आयोजना गरेको अनिश्चितकाललिन धर्ना कार्यक्रमको१० दिनमा बन तथा बातबरण मन्त्री मसिना खड्का भण्डारीको बिशेष पहलमा आनदोलन स्थगित भएको हो । बिगत १० दिन देखि निरन्तर रुपमा रहेको अनिश्चितकालिन धर्ना कार्यक्रम मगंलबार मुख्य मन्त्रीको समन्वयमा बन तथा वातावरण मन्त्रालय बाट बार्ताका लागि बाताबरण बनाउन समय लाग्ने भएका भाद्र १० गते सम्मको समय माग भएको र आन्दोलन स्थगित गर्नका लागि अनुरोध भै आएकोर्ले ै आगमी भाद्र १० गते सम्म हाललाइ आन्दोलन को कार्यक्रम स्थगित गरिएको महासंघका शारदा प्रसाद चालीसेले जानकारी दिनु भयो ।...

सम्पादक संवादको निष्कर्षः सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड

ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचार, समाचार
प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक संवाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।  कार्यक्रममा मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा. राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराउनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा आउने नकारात्मक र द्वेषपूर्ण प्रचारलाई सञ्जालकै माध्यमबाट सुसूचित गर्नुको प्रभावकारी हुने प्रष्ट्याउनुभयो । ‘सामाजिक सञ्जाललाई नजरअन्दाज गर्ने होइन, आत्मसाथ गर्नुपर्छ । सामाजिक सञ्जाल दुईधारे तरबार हो’ उहाँले भन्नुभयो । सामाजिक सञ्जालको प्रयोग गरेर नै सेवा प्रवाहमा समेत धेरै योगदान पुर्‍याउन सकिने उहाँको भनाइ थियो । कार्यक्रममा बोल्दै काउन्स...

नगर प्रमुख बस्नेतद्धारा ह्वीलचियर प्रदान

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिनधुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ४ की ९७बर्षीय मतिमायाा श्रेष्ठलाइ नगर प्रमुख बालकृष्ण बस्नेतले ह्वीलचियर प्रदान गर्नु भएको छ । हरेक अपागंता भएका मानीस, असाय, जेष्ठ नागरिकहरु र समस्यामा परेका नागरिकको समसया समधानका लागी हर समय लागी पर्नु भएका बस्नेतले मगंलबार जेष्ठ नागरिक आमालाइ ह्वीलचियर प्रदान गर्नु भउको हो । आफुले ह्वलि चियर पाए पछी ९७बर्षीया श्रेष्ठले बस्नेतलाइ आशिर्बाद समेत दिनु भएको थियो । बाह्रबिसे नगरपालिका वडा न.४ पुरानो बजार स्थित घर भएको ९७ वर्ष उमेरका मति माया श्रेष्ठ लाई नगरप्रमुख बस्नेत को विशेष पहलमा ३रोटरीक्लबडिल्लीबजारका इन्द्रिया पौडेल तथा बाह्रबिसे नगरपालिका वडा न.८ का वडा अध्यक्ष बिमल पौडेल बाट ह्वील चियर हस्तान्तरण गर्नुभएको हो।...

सवारी दुर्घटनामा एक युवकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको १६ किलोमा बस र मोटरसाइकल आपसमा ठोकिँदा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का २३ वर्षिय विश्वराज श्रेष्ठको मृत्यु भएको हो । काठमाडौंबाट चरिकोट आउँदै गरेको बा ३ ख ५३९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ३–०२–०१३ प ३५८६ नम्बरको मोटरसाइकल १६ किलोमा आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते चालक श्रेष्ठलाई उपचारका लागि विएन्डवी अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ ।...

सिन्धुपाल्चोकमा पनी निजी सवारी साधनले यात्रु बोक्न नपाइने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सार्वजनिक यातायातका क्षेत्रमा देखिएका अनियमितताका सम्बन्धमा जिल्ला प्रहरी कार्यलय तथा जिल्ला ट्राफिक प्रहरी कार्यलयले नियमित रुपमा अनुगमन तथा कारबाहीको व्यवस्था गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लामा संचालित यातायात क्षेत्रका गुनासो तथा समस्याहरुको सन्दर्भमा आवश्यक छलफल तथा सहजिकरणका लागी बोलाइएको छलफलमा यस्तो निर्णय भएको हो । मगंलबार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको संयोजकत्वमा चौतारामा बसेको बैठकमा सार्वजनिक यातायात लगाएतको सेवा सुविधाका सवालमा छलफल भएको हो ।बैठकले सरकारले निर्धारण गरेको सार्वजनिक यातायातको भाडादर कायम गरी लागु गर्ने तथा उक्त भाडादर सबै सार्वजनिक यातायातका साधनहरुमा सबैले देख्ने गरी टास्ने व्यवस्था मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने ले बताउँनुभयो । सुपर एक्सप्रेसको रुपमा संचालनमा आएको सवारी साधन सोही मापदण्डको आधारमा संच...

अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या ः नेपाल नेत्रज्योति सङ्घ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
पछिल्लो समय देशैभरि आँखापाक्ने समस्या ( कन्जंक्टिभाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ । अहिले आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो । आँखा अस्पतालहरुमा आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा कन्जंक्टिभाइटिसको समस्या देखिएको नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताउनुभयो । “सुरुआतमा भारतको सीमावर्ती क्षेत्रहरुमा मात्र कन्जंक्टिभाइटिसको समस्या देखिएको थियो । अहिले देशैभरि यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने दैनिक आँखा जाँच गराउने बिरामीमध्ये ५० प्रतिशतमा कन्जंक्टिभाइटिसको समस्या देखिएको छ”, उहाँले भन्नुभयो । सङ्घको तथ्याङ्कअनुसार अहिले दैनिक आँखाजाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लम...

उच्च सतर्कता अपनाऔँ जल तथा मौ वि वि

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौं उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी बर्षा भएको, विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाऔँ आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/०४/२३ देखि २०८०/०४/२५) जारी समय: बिहान ०६:०० बजे दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।...
#, कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा राष्ट्रिय समाचार समिति (रासस) बाट यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालीमाटी तरकारी तथा फलफूल बजार समितिको कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिनुभयो । उहाँले फलफूल समितिको कार्यकारी निर्देशक डिपी पुडासैनी र व्यवसायी हरिप्रसाद शर्मासँग तनहुँमा उत्पादित कागती विक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कागतीले बजार नपाएपछि किसान समस्यामा परेकाले बजारको सहजीकरणको प...

सिन्धुपाल्चोकमा क्याम्पस बुलेटीन आउँने

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लामा सञ्चालित सामुदायिक क्याम्पसहरुको गतिविधि समेटिएको बुलेटीन प्रकाशन गरिने भएको छ । शनिबार सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा बसेको सिन्धुपाल्चोकमा सञ्चालित बाह्रवटा सामुदायिक क्याम्पसहरु सम्मिलित अन्तर क्याम्पस सञ्जाल समितिको बैठकले उक्त निर्णंय गरेको हो । बैठकमा जिल्लामा सञ्चालित क्याम्पसहरुको अवस्था, क्याम्पसमा रहेका अवसर चुनौती, समस्या तथा समाधानका उपायहरुका बारेमा गम्भिर छलफल भएको सञ्जालका सचिव एवं चौतारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बुलेटिन प्रकाशन गर्न चौतारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र दंगालको संयोजकत्वमा इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीका प्रमुख राधाकृष्ण श्रेष्ठ र अरनिको क्याम्पस बाह्रबिसेका प्रमुख यम बहादुर बस्नेत सदस्य रहनेगरी एक समिति गठन गरेको छ । यसैगरी सोहि प्रयो...

नेकपा एसको औचित्य समाप्त भयो ः पोखरेल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकिकृत समाजवादीको औचित्य समाप्त भएको र माओबादी केन्द्र भन्ने पाटी नै नरहने अबस्था आएको बताउँनु भएको छ । पोखरेलले नेकपा माओबादी सुरुमा ३० प्रतिशत जनमत रहेको भएता पनी अहिले ११ प्रतिशतमा आएको बताउँदै आगामी निर्बाचनमा त्यो सख्या घट्ने भएकाले अब कम्युनिष्ट भनेको नेकपा एमाले मात्र रहने बताउनुभयो । शनिबार चौतारामा भएको भेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउँनु भएको हो । पोखरेलले मुलुुकको भविष्य निर्माण गर्न एमालेमा समाहित हुन एकीकृत समाजवादीलाई आग्रह गरेका हुन् । बिशाल चौतारी नेकपा एमालेमा समाहित हुन म आम वामपन्थी साथीहरुलाई अनुरोध गर्दछु’, नेता पोखरेलले भन्नुभयो । समाजवादी क्रान्ति माधव नेपालको नारा मात्र हो, मुलुकको कम्युनिष्ट आन्दोलनको मेरुदण्ड नेकपा एमाले हो ।’ कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन नेकपा एमाललेले माओवादी अध्यक्षलाई प्रधानमन्त्री वनाउन ...