सम्पर्क

सिन्धुपाल्चोकमा पनी निजी सवारी साधनले यात्रु बोक्न नपाइने

सार्वजनिक यातायातका क्षेत्रमा देखिएका अनियमितताका सम्बन्धमा जिल्ला प्रहरी कार्यलय तथा जिल्ला ट्राफिक प्रहरी कार्यलयले नियमित रुपमा अनुगमन तथा कारबाहीको व्यवस्था गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लामा संचालित यातायात क्षेत्रका गुनासो तथा समस्याहरुको सन्दर्भमा आवश्यक छलफल तथा सहजिकरणका लागी बोलाइएको छलफलमा यस्तो निर्णय भएको हो । मगंलबार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको संयोजकत्वमा चौतारामा बसेको बैठकमा सार्वजनिक यातायात लगाएतको सेवा सुविधाका सवालमा छलफल भएको हो ।बैठकले सरकारले निर्धारण गरेको सार्वजनिक यातायातको भाडादर कायम गरी लागु गर्ने तथा उक्त भाडादर सबै सार्वजनिक यातायातका साधनहरुमा सबैले देख्ने गरी टास्ने व्यवस्था मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने ले बताउँनुभयो । सुपर एक्सप्रेसको रुपमा संचालनमा आएको सवारी साधन सोही मापदण्डको आधारमा संचालन गर्ने र सुपरको मापदण्ड विपरीत सवारी संचालन गरी बढी भाडा लिएको पाईएमा ट्राफिक कार्यलयले कारबार्ही गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, चौतारा सागाँचोकगढी नगरपालिका उपप्रमुख सिता थापा, प्रशासकिय अधिकृत राम ब.केसी, पूर्व अरनिको यातायात प्रा.लि.का अध्यक्ष केदार क्षेत्री ,विद्यार्थी संगठनका पदाधिकारी, जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक , जिल्ला ट्राफिक कार्यलयका प्रहरी नायव निरीक्षक , विभिन्न राजनितिक दलका पदाधिकारीहरु,जेष्ठ नागरीक , लगाएतको उपस्थीतिमा बसेको बैठकलेजिल्लामा संचालित सबै सार्वजनिक यातायाताहरुले विधार्थी ,ज्येष्ठ नागरीक र अंपागता भएका व्यक्तीहरुलाई उनिहरुको परीचयपत्रको आधारमा नियमाअनुसार अनिवार्य रुपमा भाडामा छुट दिने निर्णय भएको र यसको कार्यन्वयनको अनुगमन जिल्ला प्रहरी कार्र्यलय र ट्राफिक प्रहरी कार्यलयलाई जिम्मेवारी दिईएको छ । यस्तै निजी सवारी साधनले यात्रु बोक्ने गरेको गुनासो आएकोले त्यसलाई जिल्ला ट्राफिक प्रहरी कार्यलयले नियमित अनुगमन गरी नियन्त्रण गर्ने भएको छ । पुर्व अरनिको यातायात प्रा.लि.ले विधालयमा अध्ययनरत विधाथीहरुलाई विधालय समयमा नि शुल्क विधालय आवतजावत गर्ने व्यवस्था मिलाउने र सुनकोशी क्याम्पसका विधाथीहरुका लागी पुर्व सम्झौता अनुसार बस भदौ १ गते देखी सञ्चालनमा ल्याउने निर्णय गरीएको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।