सम्पर्क

सवारी दुर्घटनामा एक युवकको मृत्यु

सिन्धुपाल्चोकमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको १६ किलोमा बस र मोटरसाइकल आपसमा ठोकिँदा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का २३ वर्षिय विश्वराज श्रेष्ठको मृत्यु भएको हो ।
काठमाडौंबाट चरिकोट आउँदै गरेको बा ३ ख ५३९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ३–०२–०१३ प ३५८६ नम्बरको मोटरसाइकल १६ किलोमा आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते चालक श्रेष्ठलाई उपचारका लागि विएन्डवी अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ ।