सम्पर्क

नेकपा एसको औचित्य समाप्त भयो ः पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकिकृत समाजवादीको औचित्य समाप्त भएको र माओबादी केन्द्र भन्ने पाटी नै नरहने अबस्था आएको बताउँनु भएको छ । पोखरेलले नेकपा माओबादी सुरुमा ३० प्रतिशत जनमत रहेको भएता पनी अहिले ११ प्रतिशतमा आएको बताउँदै आगामी निर्बाचनमा त्यो सख्या घट्ने भएकाले अब कम्युनिष्ट भनेको नेकपा एमाले मात्र रहने बताउनुभयो । शनिबार चौतारामा भएको भेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउँनु भएको हो । पोखरेलले मुलुुकको भविष्य निर्माण गर्न एमालेमा समाहित हुन एकीकृत समाजवादीलाई आग्रह गरेका हुन् । बिशाल चौतारी नेकपा एमालेमा समाहित हुन म आम वामपन्थी साथीहरुलाई अनुरोध गर्दछु’, नेता पोखरेलले भन्नुभयो । समाजवादी क्रान्ति माधव नेपालको नारा मात्र हो, मुलुकको कम्युनिष्ट आन्दोलनको मेरुदण्ड नेकपा एमाले हो ।’ कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन नेकपा एमाललेले माओवादी अध्यक्षलाई प्रधानमन्त्री वनाउन र समाजवादी अध्यक्षलाई राष्ट्रपतिमा प्रस्ताव गरेको पोखरेलले प्रष्ट पार्नुभयो । कम्युनिष्ट एकतालाई एकताबद्ध बनाउँदै राष्ट्र निर्माण गर्न एमाले अध्यक्ष केपी शर्मा ओली लचक भएपनि माधव नेपालले आफ्नो संक्रिणता कायम राखेकोले सम्भव नभएको उहाँको भनाई रहेको छ । राजनीतिक अस्थिरता कायम राख्ने, दक्षिण्पन्थी अवसरवादलाई सहयोग गर्ने जस्ता मुलुकको अहितको काममा लाग्ने माधव नेपालको पार्टी धेरै दिन नटिक्ने नेता पोखरेलको धारण रहेको छ ।

समाजवादीलाई प्रदेशबाट कोल्याप्स हान्ने हो ः बास्कोटा
नेकपा एकीकृत समाजवादी पार्टीलाई बागमती प्रदेशवाट कोल्याप्स हान्ने नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सिन्धुपाल्चोक इन्चर्ज गोकुल बास्कोटाले बताउनुभयो । नेकपा एमालेले शनिवार जिल्ला सदरमुका चौतारामा आयोजना गरेको बृहत्त कायकर्ता भेला तथा पार्टी प्रवेश कामर्यक्रममा नेता बास्कोटाले सिन्धुपाल्चोकबाट समाजवादी पार्टीलाई एमालेमा समाहित गराउने अभियान सुरु भएको बताउनुभयो । दक्षिणपन्थी पार्टीलाई सहयोग गर्ने कम्युनिष्ट पार्टीको भविष्य नरहेको बास्कोटाको भनाइृ छ । कहिले काँग्रेस कहिले एमालेसँग टाासिएर निर्वाचन लड्ने माओवादीलाई लक्षित गर्दै एक्लै आफ्नै शक्तिमा निर्वाचन लड्न नसक्ने माओवादी पार्टीलाई समेत एमालेमा आउन उहाँको आग्रह छ । समाजवादीको मुल पिलर नै एमालेको घर निर्माणमा लागिसक्नु भो अव समाजवादी भन्ने सिन्धुपाल्चोकमा कहाँ रहन्छ ? उहाँको प्रश्न छ । घट्ट घुमेजस्तो नभई गोली जस्तो अगाडी जान आम नेता कार्यकर्तालाई बास्कोटाको अपिल रहेको छ । सो अवसरमा नेकपा एकीकृत समाजवादी नेकपा एसका केन्द्रीय सदस्य सुभाष कर्माचार्य सहित १०४ जना पुन नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँसगैँ एमाले प्रवेश गर्नेहरूमा नेकपा एसका केन्द्रीय परिषद् सदस्य उपेन्द्र तामाङ, प्रदेश कमिटी सदस्यहरू शिवराम भट्टराई, ईश्वरी श्रेष्ठ, धननाथ पराजुली, जिल्ला उपाध्यक्ष छिरिङ ग्याल्वो लामा, सचिव दीपक नेपाल, उपसचिव रविकुमार भण्डारीसहित जनवर्गीय संगठनहरूमा आवद्ध नेता तथा कार्यकर्ताहरू रहेको नेकपा एमालेले जनाएको छ । पुन प्रबेशीहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । नयाँ घरको भविष्य अन्यौल र अन्धकार हुन थालेको र नयाँ घर एकीकृत समाजवादीमा रहेर आफ्नो राजनीतिक भविष्य नै भद्रगोल हुने ठहर गर्दै पूर्व एमालेका नेता कार्यकर्ताहरु पुरानै घर एमालेमा प्रवेश गरेको पार्टीले जनाएको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य लगाएतलाई शनिवार चौतारामा आयोजित भेलामा एमाले महासचिव शंकर पोखरेल, सल्लाहकार परिषद् सभापति अमृत बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, बागमती प्रदेश इन्चार्ज गुरु बराल, जिल्ला इन्चार्ज गोकुल बास्कोटा, नेता शेरबहादुर तामाङ, पाटी अध्यक्ष कमल नेपाल लगायतले पार्टीमा स्वागत गर्नु भएको थियो । धव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेकाले आफू एमालेमै फर्किएको कर्माचार्यले बताउँनु भयो । उँहाले ओलीले पार्टी पुनः एकताका लागि प्रचण्डलाई प्रधानमन्त्री र माधव नेपाललाई राष्ट्रपतिको अफर गर्दा पनि उनीहरू कांग्रेससँग लागेकाले कम्युनिष्ट आन्दोलन जोगाउन एमाले बलियो बनाउनुपर्ने निष्कर्ष सहित ठूलो पंक्ति एमाले फर्किन लागेको दाबी गर्नु भयो । कर्माचार्यले माधव नेपालले पार्टी विद्रोहको औचित्य पुष्टि गर्न नसकेकाले पुरानै पार्टीमा फर्किएको बताउँदै ‘विद्रोहको औचित्य माधव नेपालले पुष्टि गर्न सक्नुभएन । त्यसैले एमालेमै फर्किएको हुँ’, भन्नुभयो । कार्यक्रममा अमान सिं तामाङ, शरेस नेपाल, अरुण नेपाल, केशब बडाल, अमृत कुमार बोहोरा, शेर बहादुर तामाङ लगाएतका नेताहरले मिसन ८४ मा एमालेको बहुमत सिन्धुपाल्चोकमा १२ वटै स्थानीय तहमा एमालेको जितका लागी लागी पर्नु पर्ने बताउँनु भयो ।