सम्पर्क

सिन्धुपाल्चोकमा क्याम्पस बुलेटीन आउँने

सिन्धुपाल्चोक जिल्लामा सञ्चालित सामुदायिक क्याम्पसहरुको गतिविधि समेटिएको बुलेटीन प्रकाशन गरिने भएको छ । शनिबार सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा बसेको सिन्धुपाल्चोकमा सञ्चालित बाह्रवटा सामुदायिक क्याम्पसहरु सम्मिलित अन्तर क्याम्पस सञ्जाल समितिको बैठकले उक्त निर्णंय गरेको हो । बैठकमा जिल्लामा सञ्चालित क्याम्पसहरुको अवस्था, क्याम्पसमा रहेका अवसर चुनौती, समस्या तथा समाधानका उपायहरुका बारेमा गम्भिर छलफल भएको सञ्जालका सचिव एवं चौतारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बुलेटिन प्रकाशन गर्न चौतारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र दंगालको संयोजकत्वमा इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीका प्रमुख राधाकृष्ण श्रेष्ठ र अरनिको क्याम्पस बाह्रबिसेका प्रमुख यम बहादुर बस्नेत सदस्य रहनेगरी एक समिति गठन गरेको छ । यसैगरी सोहि प्रयोजनका लागी चौतारा बहुमुखी क्याम्पसका अध्यक्ष इ.गम्भिरलाल श्रेष्ठ संयोजकत्वमा अभयानन्द शिक्षा क्याम्पसका अध्यक्ष भवनाथ आचार्य र जलबिरे भ्याली क्याम्पसका अध्यक्ष चन्द्र प्रसाद सापकोटा सदस्य रहनेगरी सल्लाहकार समिति गठन गरिएको छ । सञ्जालका अध्यक्ष एवं ठोकर्पा सामुदायिक क्यामपसका अध्यक्ष शिव न्यौपानेको अधयक्षतामा बसेको बैठकले क्याम्पस संचालनका क्रममा आइपर्ने समस्या तथा समाधानका उपायहरुका बारेमा सरोकारवाला निकायहरुसँग सामुहिक अन्तरक्रिया गर्ने समेत निर्णय गरेको छ ।