तामाङ तथा मगर समुदायका अगुवा संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक मार्फत गृहमन्त्रिलाई ३ बुधे माग सहित ज्ञापनपत्र बुझाएका छन् । नेपाल तामाङ घेदुङ, नेपाल आदिवासी जनजाती महासंघ र नेपाल मगर संघ सिन्धुपाल्चोकले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनको सो अभिव्यक्तिप्रति तामाङ समुदायले विरोध गर्दै आइरहेका छन् ।
अधिवक्ता पाण्डेले तामाङ तथा मगर लगायत आदिवासी जनजाती समुदायको प्रथाजनित अभ्यासमाथि गलत ढंगले ब्याख्या गर्नुका साथै अनुवांशिक रुपमानै अपराधिकरण गर्ने र मान्छेलाई जनावरसंग तुलना गरी दिएको कपोकल्पित भ्रामक र तथ्यहिन अभिब्यक्ति प्रशारण भएकाले हाम्रो आत्म सम्मान र प्रतिष्ठमा गम्भीर चोट पुगेकाले उनलाई गलत अभिब्यक्ति सच्याउन पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछि गत श्रावण ९ गते आवश्यक कार्हवाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता गरेको र सो उजुरी दर्ता भएको लामो समय वितिसक्दा समेत उनलाई प्रकाउ नगरेपछि बाध्य भई प्रहरी परिसर टेकु घेराउ कार्यक्रम गरिएको विज्ञप्तीमा भनिएको छ ।
गत श्रावण १७ गते भएको उक्त आन्दोलनमा प्रहरीले अश्रुग्यास तथा लाठ्ठी चार्च गरेका थिए । सोहि क्रममा तीन दर्जन भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका थिए । भ्रामक कुराको विरोध गर्दा पक्राउ परेकालाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै यी समुदायले आपत्ति जनाएका छन् ।
३ बुधे माग सहित ज्ञापनपत्रमा यस्तो भनिएको छ ।

