बागमती प्रदेश सरकारले सामुदायिक वन माथी लागाएको २०% करको खारेजीकको माग राख्दै गरेको आन्दोलन स्थगित भएको छ । सामुदायिक वन उपभोक्ता महासघं नेपाल बागमती प्रदेश महासंघले आयोजना गरेको अनिश्चितकाललिन धर्ना कार्यक्रमको१० दिनमा बन तथा बातबरण मन्त्री मसिना खड्का भण्डारीको बिशेष पहलमा आनदोलन स्थगित भएको हो ।
बिगत १० दिन देखि निरन्तर रुपमा रहेको अनिश्चितकालिन धर्ना कार्यक्रम मगंलबार मुख्य मन्त्रीको समन्वयमा बन तथा वातावरण मन्त्रालय बाट बार्ताका लागि बाताबरण बनाउन समय लाग्ने भएका भाद्र १० गते सम्मको समय माग भएको र आन्दोलन स्थगित गर्नका लागि अनुरोध भै आएकोर्ले ै आगमी भाद्र १० गते सम्म हाललाइ आन्दोलन को कार्यक्रम स्थगित गरिएको महासंघका शारदा प्रसाद चालीसेले जानकारी दिनु भयो ।
