‘सुशासनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन अनिवार्य’
काठमाडौँ, ३ भदौ : सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र सुशासनको प्रत्याभूति गर्न सकिने सरोकारवालाले बताउनुभएको छ । आज १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उपस्थिति आयोगका पदाधिकारी, सूचनाको हकका अभियन्ता र सञ्चारकर्मीले सूचनाको हक कार्यान्वयनबाटै सरकारलाई पारदर्शी एवं जवाफदेही बनाउन सकिने धारणा राख्नुभयो । उहाँहरुले सूचना आयोगलाई अझ सशक्त र बलियो बनाउन सरकारको ध्यानआर्कषण समेत गराउनुभयो । आयोगका प्रमुुख सूचना आयुक्त महेन्द्रमान गुरङ्ले लोकतन्त्रमा सूचनाको हकलाई संस्कारका रुपमा विकास गर्नुपमा जोड दिनुभयो । उहाँले सूचनाको हकका लागि सार्वजनिक निकाय भनेको सरकार र सरकारी संरचना मात्र हो भनेर सीमित रुपमा बुझन नहुने बताउनुभयो । सार्वजनिक संस्थाले जनताले माग्नै नपर्ने गरी स्वतः सूचना उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारी संरच...
