सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नंं १ मा २ दिने क्षमता बिकास कार्यक्रम भएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजना र टेवा संस्थाको आर्थिक प्राविधिक सहयोगमा चौतारासाँगाचोकगढी नगरपालिका वडा नंं १ मा रहेको महिला समुहहरुको सदस्यहरुलाइ २ दिने क्षमता विकास सम्वन्धी कार्यक्रम गरिएको हो ।
कार्यक्रम वडा अध्यक्ष युवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा आफ््नो मन्तब्य राख्नुहँुदै वडाअध्यक्ष श्रेष्ठले महिलाहरुले अबशर पाएको खण्डमा राम्रा काम गर्ने बताउँदै महिलाहरुले चाहे भने पुरुषहरुको भन्दा रामे र पारदर्शीता काम गर्न सक्ने उदाहरण हामीले देखी सकेका छौ भन्नु भयो । उँहाले महिलाहरुमा नेतृत्व तथा क्षमता बिकासको आबश्यक परेको हुँदा यो आबश्यकता का लागी आदीबासी जनजाती महीला उत्थान केन्द्र लागी परेकोमा बिशेष धन्यबाद दिनु भयो । बिशेष अतिथि न्यायिक समितिको सदस्य तथा वडा सदस्य रामशरण अधिकारीले महिलाहरुको क्षमता अभिवृद्धिको आवश्यकता जरुरी छ भन्नु हुँदै यसरी क्षमता बिकासका लागी नगरपालिकाले आबश्यक कार्यक्रमहरु ल्याएको बताउँनु भयो । अर्का अतिथि कार्यपालिका सदस्य खेलकुमारी कार्किले महिलाहरुमा सिपको विकास गरि आर्थिक उपार्जन र क्षमताको विकास संगै हुन पर्ने मा जोड दिनु भयो । शनीबार र आइतबार गरि २ दिने तालिमको सहजीकरण गरिरहनु भएको दिलमाया तामाङले महिला नेतृत्वमा हुनपर्ने गुण र विशेषताबारे छलफल गरियो भने संस्थाको कोषाध्यक्ष पुजा तामाङबाट समुह संचालन गर्ने विधि तरिका प्रकृया वारे स्पष्ट पार्नु भएको थियो ।, कार्यक्रममा महिला किशोरीहरु गरि ३५ जनाको उपस्थिति रहेको थियो २ दिने क्षमता विकास कार्यक्रम पश्चात निरमाया तामङको अध्यक्षतामा १३ सदस्यीय आदिवासी जनजाति श्रृजनसिल महिला संस्था स्थापना गरिएकोछ । कार्यक्रमको अध्यक्षता आदिवासी जनजाति महिला उत्थान केन्द्रको अध्यक्ष पानमाया तामाङले गर्नु भएको थियो ।
