नेपाल तामाङ मौलिक ह्वाईला न्हानको तेस्रो बार्षिक सधारणसभा तथा दिस्रो अधिवेसन काठमाडौको बौद्ध सिदार्थमार्गमा सम्पन्न भएको छ ।
शनिबार तामाङ मौलिक ह्वाईला न्हानको अध्यक्ष सुनिता कुमारी बलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा विशेष आतिथि सुनकोशी गाँउपालिकाकको उपाध्यक्ष कान्छि लामा भएको उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाहरुको प्रधिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न तामाङहरूको मौलिक झल्कने गित संगित र नाचहरू प्रस्तुत गरिएको थियो ।
तामाङ मौलिक ह्वाईला न्हानको दास्रो अधिवेसनबाट पोङदिला च्याङबा सन्दिप योन्जनको अध्यक्षतामा १७ जना नयाँ कार्यसमिति सदस्य चयन भएको थियो ।
