२०गते देखी शुरु भएको नेपाली कांग्रेस को बिशेष आन्तरिक अभियान मङ्गलबार समापन भएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यंलयको परिपत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक ले पनी उक्त अभियान कार्यक्रम गरेको हो। नेपाली काँग्रेस विल्ला कार्यसमितीले चौतारामा शूरु गरेको अभियान ३० गते मेलम्चीमा समापन भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितीको परीपत्र अनुरूप केन्द्रीय प्रतिनिधि तिर्थ पसखल तथा प्रदेश प्रतिनिधिहरूले साउन २० देखि ३० गतेसम्म तोकिएको क्षेत्र तथा प्रदेशमा रहेर सांगठनिक विवरण केन्द्रमा लैजाने कार्यक्रम भए अनुरुप सिन्धुपाल्चोकमा पनी यो कार्यक्रमको आयोजना गरिएको हो । नेपालि कांग्रेसले १४ औं अधिवेशन पछि भएको निर्वाचनमा अब्बल सावित गराउन आम नेता तथा कार्यकर्ताको भुमिकाको विषयमा पनि चर्चा भएको थियो । सिन्धुपाल्चोकका लागि केन्द्रीय प्रतिनिधि तिर्थ पसखलले समापन कार्यक्रमलाइ सम्बोधन गर्दैसमग्र जिल्लाको बस्तुस्थिति बुझि सुधारका उपाय सहितको रिपोर्ट केन्दमा लैजाने बताउनुभएको छ । साथै प्रदेश प्रतिनिधिहरूले पनि रिपोर्ट प्रदेश कार्यसमितिमा लैजाने बताउँनु भएको छ ।
कार्यक्रममा आफ्नो धाराणा राख्दै नेपाल बिद्यार्थीसघका केन्द्रीय सदस्य अनिल सापकोटाले टिके प्रथा होइन तत्काल अबिधेशन गर्न पर्ने बताउँनु भयो ।
वडा सभापतीहरुको तर्फबाट कुमार दुलाल,निर्वाचित वडा सभापतीहरुको तर्फ बाट वडा अध्यक्ष अमृत खनाल,तरुण दलका तर्फबाट अनिल कुमार तामाङ्ग पाँचपोखरी थम्पाल गाउँ पालिकाका सचिब प्रबिन सिलवाल
,मेलम्ची नगर सभापती बसन्त गरुङ्ग,सुनकोशी गाँउपालिकाका सभापती रुपकाजी लामा, इन्द्रावती गाँउपालिकाका सभापती जिवन थापा मगर, चौतारा साँगाचोकगढी नगर सभापती इन्द्रलोचन धिताल , बागमती प्रदेस प्रतिनिधीहरको तर्फबाट देव कोइराला,ट्रेड युनियन कााग्रेसका जिल्ला अध्यक्ष इश्वरी न्यौपाने ,नेता अनुप न्यौपाने पुर्ब क्षेत्रीय सभापती शिब लामीछाने, पुर्ब सचिब तथा महाधिबेशन प्रतिनिधी बिल बहादुर तामागं,
पुर्ब सचिब झलक नेपाल, पुर्ब उपसभापती शिब सुनवार ,जिल्ला कार्यसमितीका सदस्य सजीना श्रेष्ठ लगाएतले पाटी सुध्रन माथील्लो निकाय सुध्रे पछी मात्र राम्रो हुने बताउँनु भयो
कार्यक्रममा जिल्ला प्रतिनिधि दिपेन्द्र आचार्य पुर्ब बागमती प्रदेसका मन्त्री निमा लामा ,लगायतले पुर्ब सभापती भुपेन्द्र बहादुर थापा, महाधिबेशन प्रतिनिधी डा प्रेमध्वज लामा, बागमती प्रदेस सह महामन्त्री हरिशरण श्रेष्ठ लगाएतले नोपली काँग्रेसमा केही ब्यक्तीबादी हाबी हुने गरेका कारण समस्या परेको बताउँनु भयो ।
कार्यक्रममा जिल्ला सभापति जंग बहादुर लामाले सिन्धु काँग्रेसमा कुनै गुट र उपगुट नभएको गुट र उपगुट रहित कांग्रेस मात्र रहेको बताउनुभएको छ ।
उँहाले महाधिबेशनका बेला गुट उपगुट हुन सक्छ प्रजातान्त्रकि पाटीमा प्रजातान्त्रकि परिपाटी द्धारा नेतृत्व छान्ने बेला कोही कसको पक्षमा कोही कसको पक्षमा हुने हँुदा त्यसलाइ गुट उपगुट जस्तो देखिएको भएता पनी महाधिबेशन सकीए पछी त्यस्ता गुट उपगुट बनद हुने बताउँनु भयो ।
काम गर्नेलाई पार्टीमा स्थान दिईने तथा पदमा रहेका तथा नरहेका सबैले आफ्नो जिम्मेवारी पुरा गर्न लाग्नुपर्ने उहाँको भनाई छ ।पाटीको कायृक्रमे भातृ संस्थाहरूका प्रतिनिधि कार्यक्रममा नआउनु पार्टीको निति विपरित रहेको हुँदा आआफ्नो दायित्व पुरा गर्न सबै तहका नेता तथा कार्यकर्तालाई अनुरोध गर्नू भयो।
उँहाले बिधान सम्मत रूपमा पार्टी सञ्चालन हुने सभपति लामाले बताउनुभयो ।त्यस्तै क्षेत्रीय सभापति आईतमान तामाङले मन नमिल्नेहरूको समुह फरक रहने तर पार्टीगत रूपमा कसैले कसैलाई असफल बनाउन लाग्न नहुने बताउँदै हिजोको दिनमा रहेको तिक्तता हटाई मनमा रहेका तितामिठा कुराहरू त्यागेर एकबध्द भएर आगामि निर्वाचनमा पार्टिलाई बलियो बनाएर लैजानुपर्ने धारणा राख्नुभयो ।
निस्क्रिय रहेकाहरूलाई चलायमान बनाई संगठनभित्र रहेको नराम्रा कुरा हटाएर राम्रो कुराको अनुशरण र पार्टीको भातृ संस्थाका केन्द्रीय सदस्यहरू कार्यक्रममा नआउने प्रचलनको अन्त्य र गांउटोलमा बसेर संगठन बनाउन छाडेर नेताको घरघर जाने प्रकिया गलत रहेको उहाँले बताउनुभयो ।पार्टीको पदमा रहि भातृ संगठनमा गएकाहरूलाई हालको पदमात्र क्षेत्रीय कार्यसमितिले मान्ने र कांग्रेस सुध्रनको लागि हिजोका कुरा बिर्सिएर भोलिको दिनको लागि लाग्नुपर्ने साथै जसको कमि कमजोरी छ उ सच्चिएर जानुपर्ने उहाँको भनाई छ ।
बजेटमा प्रदेश तथा केन्द्रले उपेक्षा गरेको बताउँदै तामाङले भातृ तथा शुभेच्छुक संस्थाहरूको कार्यसमिति चलायमान बनाउन र समयमा अधिवेशन गराउन पार्टी नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै पार्टीको जुनसुकै व्यक्ति उम्मेदवार भएपनि जिताउन लाग्नुपर्ने बताउँदै आफुले टिकट पाएन भन्दैमा असहयोग गर्ने बानिको अन्त्य गर्नुपर्ने उहाँले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सिन्धुपाल्चोक १ प्रदेश सभा ख का प्रतिनिधि कोकिल मगर, सिन्धुपाल्चोक २ प्रदेश ख का प्रतिनिधि शान्ता थापा क्षेत्री, सिन्धुपाल्चोक २ प्रदेश क का प्रतिनिधि बिक्रम तामाङ, केन्द्रीय प्रतिनिधि तिर्थ पसखलले जिल्लाको यथार्थ स्थितीलाइ प्रतिबेदनमा उल्लेख गर्ने बताउँनु भयो ।
क्षेत्रीय सभापती आइतमान तामाङ्गको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय प्रबक्ता जित बहादुर थिङ्गले गर्नु भएको थियो । नेपाल बिद्यार्थी सघका अनिल सापकोटा र नेपाल तमु सघंको जिल्ल सभापती राजाराम गुरङ्ग लगाएतलाइ सम्मान गरिएको कार्यक्रममा स्वागत मन्त्ब्य भने क्षेत्रीय सचिब केशब श्रेष्ठ ले राख्नु भएको थियो ।
