सम्पर्क

आँखाको सुरक्षामा चुनौती बन्दै,बढ्रदै मोतीबिन्दुको समस्या

पछिल्लो समय आँखामा दृष्टिदोष र मोतीबिन्दुको समस्या बढ्दै गएको पाइएको छ । अन्धोपन निवारणमा नेपालले फड्को मारे पनि दृष्टिदोष, मोतीबिन्दु, जलबिन्दु, अल्छी आँखा, नवजात शिशुमा आँखा पाक्ने रोगलगायत आँखामा लाग्ने चोट पटकबाट आँखाको सुरक्षामा चुनौती बन्दै गएको छ । सिन्धुपाल्चोक जिल्लाको सामुदायिक आँखा केन्द्रका आँखा स्वास्थ्य सम्वन्धी नियमित गतिविधि गर्दै आइरहेको केन्द्रको परियोजनाले जिल्लामा ६ हजार ५ सय जनामा मोतिविन्दुको समस्या रहको तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जनाएको हो । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा बुधबार सामुदायिक आँखा केन्द्रको बैठकमा यस्तो जानकारी दिइएको हो । कार्यक्रमा तिलगंगा आँखा केन्द्रका नविन राजवंशीले आँखा सम्वन्धी स्वास्थ्य समास्या जिल्लामा बढ्दो अवस्थामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै तत्काल अप्रेशन गर्नु पर्ने जानकारी दिनुभयो । पछिल्लो समय मधुमेह र रक्तचापका कारण अन्धोपनको समस्या बढ्दै गएको र नियमित आँखा परीक्षण आवश्यक भएको बताउँनुभयो । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गौशालाकोआर्थिक एवम् प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक समन्वयमा सोमबार जिल्लाका पाँचपोखरी थाङपाल गाउँपालिका बाहेक ११ वटा पालिकाका २२ जना स्वास्थ्यकर्मीहरुलाई आँखा स्वास्थ्य सम्वन्धी तालिम सञ्चालन गरेको सामुदायिक आँखा केन्द्र चौताराले जनाएको छ ।जिल्ला समन्वय समति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, प्रहर िउपरिक्षक बाल नरसिंह राणा, चौतारा साँगाचोकगढी नगरपालिकाकातर्फबाट वडा न १३ अध्यक्ष रामप्रसाद गौतमा, वडा न ५ का अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, चौतारा साँगाचोकगढी शिक्षा प्रमुख पुष्पराज ढकाल, गोमा भट्टराई, चौतारा अस्पतालकाडा. अमरदीप शाह लगायतको उपस्थिति रहेको थियो ।
बैठकको अध्यक्षता गरिरहनु भएका सम्मन्वय प्रमुख श्रेष्ठले कार्यक्रममा आफ्नो भनाई राख्दै सामुदाय आखा केन्द्रले गरेका कार्यक्रम प्रशङ्सा गर्दै आँखा जति सम्बदनसिल छ त्यति नै सम्बेदनसिल भएर केन्द्रले काम गरेकोमा विशेष धन्यबाद दिनु भयो । यसै गरी केन्द्रले बुधबार नै सामाजिक लेखा परिक्षण पनी गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५का वडाअध्यक्ष शिब श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको तर्फबाट सामाजिक बिकास संयोजक वडा नं १४का वडाअध्यक्ष राम प्रसाद गौतम, चौतारा क्याम्पस प्रमुख नगेन्द्र दङ्गाल लगाएत बुद्धीजिबीहरु सञ्चार कर्मीको उपसिथ्ती रहेको थियो । सामुदायक आँखा केन्द्रको सामाजिक लेखा परिक्षणकार्यक्रममा चौतारा बहुमुखि क्याम्पसका नगेन्द्र गौतमले प्रचार प्रसारमा अलि धयान दिन पर्ने भन्दै मोवायलको कारण बच्चाको आखामा असर परिरहेकोले त्यस ध्यान दिन पर्ने सुझाब दिनु भयो । कायैक्रमको समापन गर्दै वडाअध्यक्ष शिव श्रेष्ठले
सामुदायक आँखा केन्द्र को भवनमा क्षेति पुग्न थालेको ले त्यस तर्फ आफु लगाएत नगरपालिकाले आबश्यक सहयोग गर्ने जनाउँदै श्रेष्ठले गाउँ गाँउमा स्वस्थ्य स्वयम् सेविका मार्फत आखँका बिरामि हरुको तथ्याङ्क लियर टोलटोमा नै आँखा उपचारको सेवादिन पर्ने आबश्यक रहेको बताउँनु भयो।