सम्पर्क

आइ फ्लु नियन्त्रणका लागि चस्मा र आइ ड्रप सहयोग

अहिले देशभर आम समस्या बनेको छ (आई फ्लु) आँखाको संक्रमण । साना साना विधार्थीहरुमा आँखाको संक्रमण बढेका कारण कतिपय विद्यालयहरु समेत बन्द भएका छन् । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ८ केउरिनीको श्री जलवाई देवि माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागि आइ फ्लु अर्थात आखाँ पाक्ने रोग रोकथाम तथा नियन्त्रणका लागि चस्मा तथा आइ ड्रप सहयोग गरिएको समाजसेवि अरुण लामाले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस बागमती प्रदेश प्रतिनिधि समाजसेवी युवा नेता प्रकाश सापकोटा, अस्री अटो माबाइल्स प्रालि का सञ्चालक मनिषराज पाण्डे र सन्तोष रोकाको सहयोगमा उपलब्ध सामाग्री विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिनय तामाङ लाई हस्तान्तरण गरिएको लामाले बताउनुभयो । सामाग्री उपलब्ध गराउनका लागि समन्वय र सहजिकरण अरुण लामाले गर्नुभएको थियो । उपलब्ध चस्मा बिहिबार वितरण गरिने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विनय तामाङले जानकारी दिनुभयो । विशेष गरि भिडभाड हुनेठाउँमा छिट्टै संक्रमण हुने यस रोग विद्यार्थीहरुमा फैलिएपछि समाजमा नै पुरै असर गर्ने भएकाले यसको रोकथामको लागि र थप फैलिन नपाओस भन्ने उद्धेश्यले सो सामाग्री सहयोग गरिएको समाजसेवि सापकोटाले बताउनुभयो ।