सम्पर्क

डाँडागाउ लिफ्ट खानेपानी योजनाको समुद्घाटन

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ४ मा पर्ने लिफ्ट खानेपानी योजनाको समुद्घाटन गरिएको छ ।
उक्त योजनाको उद्धघाटन पश्चात खानेपानी आयोजनाको संरक्षणगरी स्वच्छ पानी पिउनका लागी स्थानीयलाई हस्तानन्तरण समेत गरिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाँउपालिका वडा नं. ४ को थारथान खोला करङगैरा डाँडागाउँ कोले लिफ्ट खानेपानी आयोजनाको समुद्घाटन तथा हस्तान्तरण गरिएको हो ।
शुक्रबार प्रतिनिधिसभा सदस्य माधब सापकोटा ’सुबोध’ र नेपालको लागि जापानी राजदुत किकुता योउताकालद्वारा संयुक्तरुपमा आयोजनाको उद्धघाटन गरेपछी जापानी राजदुतले सापकोटा र बागमती प्रदेस सभा सदस्य अमृता नेपाललाई साक्षी राखेर पालिका अध्यक्षलाई योजना हस्तानन्तरण गर्नुभयो । योजनाको हस्तान्तरण कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिनिधी सभा सदस्य माननीय माधब सापकोटा सुवोधले थारथान खोला करङगैरा डाँडागाउँ कोले लिफ्ट खानेपानी आयोजनाले प्रयास गरे हरेक काम सम्भव हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएको बताउँदै खानेपानीको मुहानका कारण खानेपानीको समस्यामा परेका नागरिकहरुलाई मुहानको समेत ब्यवस्था गरेर खानेपानी सञ्चालन गर्न सफल भएकोमा पुर्ब वडाअध्यक्ष समेत रहनु भएका खानेपानी उपभोक्ता समितीका अध्यक्ष काली प्रसाद लामा सहित योजनालाई लगानी गरेर सफल बनाउँने जापान सरकारप्रती आभार ब्यक्त गर्नुभयो । सापकोटाले खानेपानीको लागी स्थानीय नागरिकबाटै संरक्षणको व्यवस्था गरिनु पर्नेमा जोड दिदै नागरिकको हरेक समस्या समाधान गर्न आफु लागी परेको र लागिरहने बताउँनुभयो । सापकोटाले खानेपानी, शिक्षा, स्वास्थ्य र आयआर्जनका कामहरु स्थानीय सरकारले ,पुर्बधार तथा बिकासका कामहरु प्रदेस सरकार र ऐन नियम बनाउँने र राष्ट्रिय योजनाहरु संघिय सरकारले गर्नु नै संघियताको मुल उद्धेश्य भएको बताउँनु भयो । समृद्धिको लागि यथायोग्य कार्य संस्था क्ष्क्ब्ए ल्भ्एब्ी द्वारा संचालित खानेपानी पहुँच तथा कृषि आय सुधार कार्यक्रम अन्तरगत सञ्चाल भएको योजनाको हस्तानन्तरण गर्दे जापानिज राजदुत किकुता योउताकाले नेपालको हरेक समस्याहरु समाधानका लागी जापानले कुनै न कुनै तवरबाट सहयोग गरिरहेको बताउँदै हरेक काम सफल पार्न सबैको सहयोगको आवश्यकता पर्ने भएकोले सबैको सहयोगमा आयोजना सफल भएको बताउँनुभयो । कार्यक्रममा वडाअध्यक्ष सुर्जे तामाङ्ग, पुर्ब वडाअध्यक्ष तथा लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितीका अध्यक्ष काली प्रसाद लामा लगाएतले मन्तब्य राख्नु भएको थियो । १४ लाख रुपैया जनश्रमदान र १ करोड १६ लाख रुपैया जापानीज राजदुताबासको गरी जम्मा १ करोड ३० लाखमा सम्पन्न खानेपानी आयोजनाका लागी बिजुलको थ्रि पिस लाइ जडान लगायतको बजेटको पहल गरिदिएकोमा माधव सापकोटालाई धन्यबाद दिदै कार्यक्रमको सभापतित्व गरिरहनु भएका गाउँपालिकाको अध्यक्ष गङ्गा बहादुर तामाङले स्थानीयहरुको तर्फबाट गर्न पर्ने सहयोग गरिरहने बताउँनुभयो । २०७६ सालदेखी खानेपानीका लागी लागी परेको भएता पनी मुहानका कारण आयोजना सम्पन्न गर्न नसकेको अबस्थामा आफुहरुले अहिले सिंचाइ गरिरहेको स्थानबाट पानी तानेर खुवाउँन सफल भएको र बर्षौदेखी खानेपानीको चरम अभावमा रहेका १६० घरधुरी मध्य १३८ घर धुरी र ५ वटा सार्वाजनिक स्थानमा पानिको धारा व्यवस्था गरिएको करिब ६५० जनाले खानेपानीको सुबिधा पाएको समेत काली प्रसाद लामाले जानकारी दिनुभयो । क्ष्क्ब्ए ल्भ्एब्ी को आर्थिक सहयोगमा निर्माण भएको (एक घर एक धारा) आयोजना निर्माण सम्पन्न पश्चात स्थानीय सरकार लाई हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको हो ।