भोटेकोशी गाउँपालिकाले शैक्षिक गुणस्तरका लागि विभिन्न योजना अघि सारेर काम गरेको छ । गाउँपालिकाले विद्यालय तथा विद्यार्थीको शैक्षिकस्तर वृद्धि गरी नजिता सुधारका लागि एस.ई.ई. परिक्षार्थीहरुलाई निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने भएको छ ।
भोटेकोशी गाउँपालिका गाउँकार्यपालिकाको शुक्रबार बसेको बैठकबाट विद्यार्थीहरुले एस ई .ई परिक्षामा राम्रो नतिजा ल्याउन सकोस भन्ने उद्देश्यले पाँच महिनासम्म अङ्ग्रेजी, गणित र विज्ञान विषयको कोचिङ कक्षा संचालन गर्न बजेट निकासा गरिदिने भएको छ ।
विद्यालयमा अध्ययन गरेका कुरालाई पुनः ताजगी गराई उत्कृष्ट नतिजा ल्याउन कोचिङ कक्षाले निश्चितरूपमा सघाउ पुर्याउने गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताउनुभयो ।
