सम्पर्क

ब्रेकिङ न्युज १

एक सय १५ वर्ष पुरानो मन्दिर पुनःनिर्माण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक, २० भदौ : पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहनु भएका सापकोटाले आज एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो । उहाँले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्त्व बोकेका मन्दिरको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण, सम्वर्द्धन गर्नुपर्ने बताउनुभयो । संस्कृति आत्मा हो भन्दै परम्परा संस्कृतिलाई जोगाइराख्नुपर्ने उहाँको भनाइ छ । आआफ्नै परम्परा संस्कृति छन् तिनीहरूलाई जोगाइ युवापुस्तालाई बोध गराई नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नेता सापकोटाले बताउनुभयो । यस्तै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिका यस्ता पुरातात्विक सम्पदाको संरक्षणमा सधैँ लागिर...

आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम संवेदनशिल हुनुपर्ने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम संवेदनशिल हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीको प्रमुख आथित्यतामा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको अयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा भएको आत्महत्या रिपोटिङ सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बिषयमा जोड दिएका हुन । कार्यक्रममा बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले प्रमुख अतिथी आसन बाट बोल्दै आत्महत्या जस्तो संवेदनशिल विषयमा सञ्चारमाध्यमले सजगता अपनाएर सूचना दिनुपने बताउनु भएको छ । कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले नकरात्मक सोचले आत्महत्या बढेको बताउनुभयो । उहाँले स्थानीय सरकारले विद्यालय, समूदाय, टोलटोलमा विभिन्न कार्यक्रम गर्नुपर्नेमा जोड दिदैं अभिभावकले आफ्ना सन्तानहरु प्रति बढि चासो निगरानी गर्न सके आत्महत...

२५ भूमिहीन सुकुम्वासी परिवारलाई पुर्जा

ब्रेकिङ न्युज १, समाचार
सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गर्दै आएको छ । सोमबार नवलपरासी ( पश्चिम ) सरावल गाउँपालिका वडा नं ३ का भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाधनी लालपुर्जा प्रदान गरेको छ । लामो समयको प्रतीक्षापछि नवलपरासीको (पश्चिम) सराबल गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनु पर्दैन बताउनुभयो । उहाँले देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू रहेकाले सुकुम्बासीका समस्या समाधान गर्न तीव्र गतिमा अभियान नै चलाउने बताउनुभयो । ‘यो देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री चौधरीले भन्न...

टोलटोलमा पुगे जुगलको माओबादी,

ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्मल बस्नेत ढाँडे (२०८० भाद्र १६) नेकपा (माओबादी केन्द्र) जुगल गाउँपालिकाको पार्टी कार्यकर्ता टोलटोलमा पुगेका छन् । गाउँपालिकाको ६ वटा वडामा पुगेर स्थानीय गारेटो बाटो मर्मत र बजार क्षेत्र सरसफाई गर्दै ३ महिने अभियानको शुभारम्भ गरेका छन् । पार्टी केन्द्रले निर्धारण गरेको जनतासंग माओबादी बिशेष रुपान्तरण अभियान नाम दिएर ३ महिने अभियान अन्तरगतको पहिलो दिनमा पालिकाको प्रत्येक वडाको मूख्य गोरेटो बाटोहरुको सरसफाई र मर्मत गरेका हुन् । माओबादीले देशैभर एकसाथ अभियान सञ्चालन गरेको छ । पार्टीकेन्द्रको सर्कुलर अनुसार सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भने गाउँगाउँमा सडक निर्माण पछि ओझेलमा परेको गारेटो बाटो मर्मत र सरसफईलाई प्राथमिकता दिएको छ । दैनिक जनजीवनसंग सम्वन्धित कामहरु गरेर जनबिस्वास संगाल्ने पक्षमा माओबदी अघि बढेको देखिन्छ । यसरी अभियानको सूरुवाती दिनमा गाउँपालिकाको वडा नम्बर १ सेलाङको म...

तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानिय र व्यापारी आशावादी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक, १५ भदौ : आठ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व सङ्कलनको मेरुदण्ड थियो । यस नाकाबाट मात्रै दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने गर्दथे । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका चीनले एकतर्फी रूपमा सुरक्षाको कारण देखाउँदै बन्द ग¥यो । यसको मार आममानिससँगै देशको अर्थतन्त्रमा देखियो । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको पूर्वसन्ध्यामा भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट लामो समयपछि मानिसलाई आवतजावतका लागि खुला गरिएको छ । अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म दुई सयभन्दा बढी निलो रङको पास जारी गरेको छ । उक्त पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासी मितेरी पुलपारिका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउ...

आठ बर्ष पछि खुल्यो तातोपानी नाका, मानव आवतजावत सुरु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको लिपिङस्थित नेपाल –चीनबिचको ऐतिहासिक व्यापारिक तातोपानी नाकाबाट मानव आवतजावत सुरु भएको छ । शुक्रबारबाट सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । नाका खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुग्नुभएको थियो । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुग्नुभएका उहाँले अब नाका पूर्ण सञ्चालनमा आएको बताउनुभयो । विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाइ पन्छाएर ...

सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा र सरकारप्रति विश्वास दिलाउँदै सबैतिर आशाको सञ्चार गराउने सरकारको प्रयास रहेको बताउनुभयो । उहाँले विकास निर्माणलाई गति दिन, शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको अधिकतम रक्षा गर्न सरकार प्रतिबद्ध रहँदै आएको स्पष्ट पार्नुभयो । सांसदहरुले प्रधानमन्त्रीसँग राख्नुभएको प्रश्न र त्यसको जवाफ यसप्रकार रहेको छः प...

प्रत्यारोपण केन्द्र बनाउने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिवद्वता

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । लामो समयदेखि सेवा विस्तारका लागि जग्गा उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै आइरहेको केन्द्रको सोमबार अनुगमनपछि बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले उपयुक्त भवनको अभावमा केन्द्रले प्रदान गर्ने सेवा विस्तार हुन नसेकेकोले जग्गा खोजेर त्यहाँ तत्काल नयाँ भवन बनाएर सेवा विस्तार गर्ने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘ केन्द्रले मिर्गौला र कलेजोका विरामीलाई प्रदान गरिरहेको सेवा उत्कृष्ठ छ । भवन अभावमा सेवा विस्तार गर्न सकिरहेको छैन् । केन्द्रका लागि जग्गा खोज्ने र नयाँ भवन बनाउने कुरामा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनु हुन्छ । यो प्रस्ताव म छिट्टै मन्त्रीपरिषदमा लैजान्छु र कार्...

ऐतिहासिक बर्दानेश्वर महादेव मन्दिरमा वृक्षरोपण

ब्रेकिङ न्युज १, समाचार
सुनकोसी गाँउपालिका वडा नं. ५ बर्थानडाँडामा अबस्थित ऐतिहासिक धर्म स्थल बर्दानेश्वर महादेव मन्दिरमा वृक्षारोपण सम्पन्न गरिएको छ । नेपाली काँग्रेस ईकाई सभापति कुमार बस्नेत अधिराजको पहलमा १९ थरिका २०० थान फुल र फलफुलको बिरुवा रोपिएको स्थानिय नेत्र बहादुर बुढाथोकीले बताउनुभयो । उक्त कार्यमा ईकाई सभापति कुमार बस्नेत, समाज सेवि टोप बहादुर बस्नेत, उत्तम बहादुर बस्नेत, नेत्र बहादुर बुढाथोकी, बद्री भण्डारी लगायतको उपस्थितिमा रोपिएको बिरुवा सामुदायिक बन उपभोक्ता महासङ नेपाल जिल्ला महासङ सिन्धुपाल्चोकको उपाध्यक्ष सारदा प्रसाद चालिसेले उपलब्ध गराउनु भएको स्थानिय टोप बहादुर बस्नेतले बताउनुभयो ।...

ओमकार परिबारको बिरोध कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, साहित्य
  गौ हत्या विरुद्ध ओमकार परिबारले बिरोध कार्यक्रम गरेको छ । सम्बीधान बिपरित काम गरेर गाइ काटेर खाएको भिडीयो सामाजिक सञ्जालमा राखे पछी ओमकार परिबारहरुले कार्बहीको माग गर्दै आएका छन । यसरी समाजिक सञ्जालमा नै भिडीयो हालेर देशमा धार्मीक युद्ध गराउँन खोज्नेलाइ कार्बही गरिनु पर्छ भन्दै ओमकार परिबाले गरेको आन्दोलनलाइ लक्षीत गरेर धरानमा निषेधाज्ञा समेत जारी गरिएको अबस्थामा शनीबार धरान जना लागेका हजारौ ओमकार परिबारहरुलाइ बाटैमा प्रहरीले रोके पछी ठाँउ ठाँउमा बिरोध सभा गरिउको आयोजक हरुले बताएका छन । पुष्प राज पुरुष ले धर्म आस्था हो राजनीति विश्वास हो।आस्थाको अगाडि विश्वासको केही लागेन जति रोके पनि जति छेके पनि गौ हत्यारा विरुद्ध राम्रो उपस्थितीमा सुनसरीमा कार्यक्रम भयो भन्नु हूँदै सुनसरीमा निषेधाज्ञाको बाबजूद सनातन धर्म संस्कृति संगठनका लागी बुहत सभा भएको छ । अध्यक्ष पुष्प राज पुरुष लगायत बिभ...