सम्पर्क

गोल्मादेवी माविमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

 

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरका लागि अभिभावक शिक्षा कार्यक्रमको आवश्यकताको महसुस गर्दै शिक्षा युवा तथा खेलकुद शाखा चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक शिक्षा सबलीकरणका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
लामो समय बालबालिकाहरु अभिभावकसँगै हुने र अभिभावकहरुबाट सामाजिक संस्कारको विकास हुने भएकोले अभिभावक शिक्षाको महत्व रहेकाले नगर शिक्षा शाखाबाट फरक किसिमको कार्यक्रम आयोजना गरिएको हो भनी नगर शिक्षा शाखाका गोपाल खड्काले बताउनु भयो । उहाँले गत वर्ष १०६४, यश वर्ष १७६५ र आगामी वर्ष सबै अभिभावक सम्म पुग्ने अभियान रहेको बताउँनु हँुदै जसबाट शैक्षिक जागरण आउने र सिकाइमा टेवा पुग्ने विश्वास का साथ नगर प्रमुख सहितको टिमले योजनामा समावेश गरीएको बताउँनु भयो ।अघिल्लो आर्थिक वर्षमा पनि नगरभित्रका १० वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन भइसकेको छ । हाल सञ्चालन भइरहेको यो अभिभावक शिक्षा कार्यक्रम दोस्रो चरणको कार्यक्रम रहेको र १० वटा विद्यालयका झण्डै १५०० जना अभिभावकहरुमा यो कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा नगर शिक्षा शाखाले लिएको जनाउँनु भयो ।       कार्यक्रम सञ्चालनको बुधबार चौथो दिनको चोथो विद्यालय चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ जितपुरमा अवस्थित श्री गोल्मादेवी माध्यमिक विद्यालयमा उत्साहजनक अभिभावकहरुको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष आकाश थिङले कार्यक्रम पश्चात यो अभिभाव शिक्षा अत्यन्तै प्रभावकारी रहेको र सम्पूर्ण अभिभावकहरुले व्यवहारमा लागू गरी विद्यालयको शैक्षिक गुणस्तरमा हातेमालो गर्न पनि अनुरोध गर्नुभयो । कार्यक्रममा सहजकर्ता अर्जुन भट्टले अभिभावक शिक्षाको आवश्यकता र यसको औचित्यमाथि प्रकाश पार्दै गुणस्तरीय शिक्षाका लागि अभिभावक सचेत हुनु जरुरी रहेको प्रष्ट पार्नुभयो । कार्यक्रममा उपस्थित अभिभावकहरु मध्ये महिलाको प्रतिनिधित्व गर्दै अभिभावक शर्मिला गिरीले यो अभिभावक शिक्षा कार्यक्रमबाट एउटा असल अभिभावक बन्न उत्प्रेरणा मिलेको कुरा बताउँनु भयो भने पुरुष तर्फबाट सरोज लामाले अभिभावक शिक्षाबाट हामीले आफ्नो बालबच्चालाई कस्तो बनाउने र यो कार्यक्रममा सिकेको कुरा व्यवहारमा लागू गर्ने कि नगर्ने भन्ने कुरा हामीमा नै निहित रहेकोले हामी अभिभावक नै जिम्मेवार रहनु पर्ने बताउनु भयो ।
कार्यक्रम सफल बनाउन उपस्थित हुनुभएका अभिभावक, जनप्रतिनिधि लगायत सम्पूर्ण सरोकारवालाहरुमा विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर तामाङले स्वागत गर्नुभएको थियो । स्वागत मन्तब्य राख्दै तामाङले सामुदायिक विद्यालयमा अभिभावक शिक्षा अपरिहार्य रहेकोले हामीले नगर शिक्षा शाखासँग यस्ता कार्यक्रमको लागि अनुरोध गरिएको र गोल्मादेवी माविमा अभिभावक शिक्षा कार्यक्रमको आवश्यकतालाई मनन गरि यस विद्यालय छनोट गर्नुभएकोमा नगर शिक्षा शिक्षा र नगरपालिकाका सिङ्गो टिमप्रति विशेष कृतज्ञता प्रकट गर्दै यस्तै रचनात्मक कार्यक्रमहरुमा गोल्मादेवीका ल्याउनु हुनेछ भन्ने विश्वास समेत लागेको बताउँनु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना र गोल्मादेवी माविको छिमेकी विद्यालयका प्र.अहरु मछिन्द्र प्रसाद न्यौपाने, सुनिता कोइराला नेपाल, बालकुमारी श्रेष्ठ, जनप्रतिनिधिहरु र सरोकारवालाहरुको उपस्थितिमा चौथो दिनको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बालबालिकाप्रती गरिनु पर्ने व्यबहार, बालबालिकाले घरमा गर्न पर्ने कामका बारेमा समेत जानकारी गराइएको थियो । अभिभावकहरुले रुचिका साथ कार्यक्रमको प्रस्तुति सुनेका थिए ।