२०४६को आन्दोलन होस या ६२÷६३ हरेक आन्दोलनलाइ सफलताको उचाइमा पुर्याउँने भक्तपुर बासी ले राजतन्त्रको अन्त गरेर गणतन्त्र ल्याउँनमा पनी त्यतीकै भुमिका निर्बाह गरेर गणतान्त्रीक राज्य बनाउँन लागी परेका भक्तपुर बासी फेरी राजतन्त्रको पक्षमा देखीएका छन ।
आइतबार पुर्ब राजा ज्ञानेन्द्र बिर बिक्रम शाह भक्तपुर को भक्तपुरस्थित तलेजु भवानीको दर्शन गर्न जाँदा देखीएको भिड त्याँहा लगाइएको नाराले यसको पुष्टी गरेको छ ।पुर्ब राजा शाहले आइतबार अपरान्ह तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नु भएको हो । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका पूर्वराजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए ।
स्थानीयवासीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’
‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएर पूर्वराजा शाहको स्वागत र सम्मान गरेका थिए ।पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुरवासीको निमन्त्रणामा आइतबार भक्तपुर पुगी तलेजु भवानीलगाय मन्दिरको दर्शनका साथ भक्तपुरबासीसँग अन्तरक्रियासमेत गर्नुभएको छ । पूर्वराजा भक्तपुर पुग्दा उर्लेको जनलहर थाम्न सुरक्षाकर्मी र स्वयंमसेवकलाई हम्मेहम्मे परेको थियोे ।
पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर पुग्दा नरनारीको भीड लाग्यो । पूर्व राजा शाहको बेलाबेलामा हुने गरेको देशदौडाहाका क्रममा स्वागत गर्नेहरुको भीड त लाग्ने नै गरेको थियो । आइतबार दिउँसो ३ बजे भक्तपुर दरबार स्वायकरमा पूर्व राजा शाह पुग्दा यहाँको भीड थामि नसक्नु भएको थियो ।
सुरक्षाकर्मी र स्वयमसेवकलाई भीड व्यवस्थान गर्न हम्मे हम्मे परेको थियो ।हात हातमा देशको झण्डा बोकेका जुनसुकै वर्गका सर्वसाधारण घामको परवाह नगरी घण्टौं लाइनवद्ध भएर पूर्व राजालाई भेट्न कुरी बसेकाहरुले नेताले केही गर्न सकेनन् भन्दै अब राजा र राजसंस्था चाहिने बताएका छन् ।
देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारीलगायतका कारण दलका क्रियाकलापप्रति बढ्दो वितृष्णा अनि राजसंस्थाप्रतिको आस्था यी नागरिकको मन मस्तिष्कमा प्रष्टै देखिन्थो ।
भक्तपुरको मौलिक परम्परा झल्कने नृत्य प्रस्तुत गरिदा पूर्व राजा शाहले अभिरुची पूर्वक अवलोकन गर्नुभयो । साथै उहाँले आफूलाई भेट्न आएका सर्वसाधारणको हात समातेर सदभाव समेत प्रकट गर्नुभएको थियो ।
