सिन्धुपाल्चोक जिल्लाको मेलचौर दरबार डाँडा खेलमैदानमा२७ गतेबाट ७ ए साइड नगर कप फुटबल प्रतियोगिता हुने भएको छ । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आउदो असोज २७ गतेबाट ७ ए साइड नगर कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको मेलचौउर युवा जागरणका सबिन दंगालले जानकारी दिनु भयो ।
उँहाका अनुसार फुटबल प्रतियोगितामा विजेता हुने समुहले पुरस्कार नगद रु १लाख ११ हजार १सय ११ का साथै (ट्रफि, मेडल र प्रमाण पत्र) र उपविजेताले समुहले नगद रु ६६ हजार ६ सय ६६ रुपैयाँका साथै (ट्रफि, मेडल र प्रमाण पत्र) पाउने छन। यो सँगै उत्कृष्ट खेलाडि, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्याद अफ द म्याचलाई ट्रफिसहित आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको छभने टिम फेयर प्ले अवाडको पनि व्यवस्था गरिएकोे छ । यहि असोज २७ गते बाट सुरु हुने खेलका लागी टिम दर्ता गर्ने अन्तिम मिति असोज २४ गते सम्म रहेको छ । दंगालका अनुसारे टिम दर्ता शुल्क ः रु ५००० लाग्ने छ । टाइसिट निर्माण असोज २६ गते विहान ११ बजे र खेल मेलचौर दरबार डाँडा खेलमैदानमा हुने भएको छ ।मेलचौर युवा जागरण समाज, चौतारा साँगाचोकगढी –७, सिन्धुपाल्चोकको आयोजनामा उक्त खेल हुन लागेको दगांलले जानकारी दिनु भएको छ ।
