सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले बिगतका बर्षहरुमा गर्ने गरेको खर्च कटौती गर्दै उत्पादनमुलक कार्यमा लागानी गरेको छ ।
बाह्रबिसे नगरपालिकाले तिर्दै आएको करिब मासिक तिन लाख रुपैया प्रशासनीक खर्च कटाएर कृषी उत्पादनमा थप सहयोग गरिएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भयो ।
उहाँका अनुसार यसअघि कार्यलय भाडा तथा प्रशासनीक भाडा भनेर नगरले तिर्दै आएको बार्षीक ३६ लाख रुपैया तिर्नुका साटो नगरपालिकाले पुरानो नगरपालिकाको कार्यालय रहेको भवनमा सबै वडाका सम्पर्क कार्यालय तथा अन्य प्रशासनीक कार्यालय राखेर बाहिर दिने भाडा कटौती गरेको र त्यहीबाट सबै कार्यालय चलाईएको बताउँनुभयो । यसरी बचेको रकमबाट अन्यत्र उत्पादन मुलक काममा लगानी गरेको, आफुले पाउँने पारिश्रमीक सुबिधाबाट असाहय, गरिबलाई बिभिन्न प्रकारले सहयोग गर्र्दै आएको बताउँनुभयो ।
नगर प्रमुख बस्नेतसँँग हामिले केही समाचार माध्यममा आएको समाचार अनुसार नगरमा अनियमितता छ अनी केही व्यवसायीहरुबाट पनी हप्ता अशुली गरेको छ भनिन्छ यस सम्बनधमा के हो ? भनी प्रश्न राख्दा उहाँले मलाई हप्ता असुलेर खान पर्ने छैन म नगर प्रमुखमा निर्वाचित हुँनु भन्दा पहिलेदेखी नै अरुलाई सहयोग गरेको अहिले पनी मैले आफ्नो सेवा सुबिधाबाट अरुलाई सहयोग गरिरहेको छु भन्नु हुँदै कसले के भन्छ मलाई थाहा छैन म निष्पक्ष रुपले काम गरिरहेको छु यो मेरो काम देखेर आत्तिएका मात्र हुन् भन्नुभयो ।
उपभोक्ता समितीमा आफ्ना कार्यकर्ता राख्नुभयो भन्ने हल्ला छ के हो भन्दा उहाँले आफ्ना कुनै कार्यकर्ता नभएको नगरका सबै नागरिक बराबर भएको बताउँदै नगरका नागरिक सबै आफ्नै हो त्यसैले कार्यकर्ता भन्ने कुरै छैन भन्नु हुँदै उपभोक्ता समिती वडाकार्यलयले बनाउँने हुँदा आफ्नो त्यसमा संलग्नता नै हुँदैन भन्नुभयो । यसैगरी हामीले कवाडी ब्यबसायीलाई पनी केही कुरा राखेका थियो जसमा कवाडी ब्यवसायी रुपक श्रेष्ठ र राम बहादुर श्रेष्ठसँग पनी केही कुरा गरेका थियौ उहाँहरुले हामीहरुसँँग नगर प्रमुखले कुनै पनी फाइदा नलिएको नगरलाई तिर्न पर्ने बार्षीक पसलको कर बाहेको मागेको पनी छैन दिएको पनी छैन यो सबै झुटो हो भन्नु भएको छ ।
बाह्रबिसे नगरपालीकाका प्रमुख आफुहरु भन्दा फरक पाटीका भए पनी राम्रोलाई राम्रो भन्नपर्छ भन्नु हुँदै उहाँहरुले नगर प्रमुखले असहलेसम्म निष्पक्ष रुपमा काम गरेको आफुहरुले पाएको बताउँनुभयो ।
