सम्पर्क

ढुवानीका लागी सहकारी र प्रअहरु बिच सम्झौता

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले बिद्यालयका प्रधानध्यापकहरु कृषी सहकारी संस्थाहरुबिच दिवा खाजाको लागी खाद्यन्न ब्यवस्थापनका बिषयमा छलफल गर्दै बिद्यालयमा खाजाका लागी आवश्यक पर्ने सामाग्री ढुवानीका लागी सहकारीहरुसँँग सम्झौता गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९, १०, ११, १२, १३ र १४ का बिद्यार्थीहरुलाई दिवा खाजा ब्यवस्थापनका लागी छनौट भएका सहकारी र बिद्यालयका प्रअ बिच सम्झौता भएको हो । नगर शिक्षा शाखाको आयोजनामा र विश्व खाद्य कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोगमा बिद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत खाद्यान्न ढुवानी सम्वन्धी बिद्यालय तथा सहकारी बिच सम्झौता कार्यक्रममा बोल्दै नगर सामाजिक बिकास समितिका संयोजक राम प्रसाद गौतमले बिद्यालय दिवा खाजाको व्यवस्थापन सहकारीलाई दिदाँ बिद्यालयका प्रअलाई कामको भार कम हुने, सहकारी मार्फत स्थानीय स्तरमा उत्पादित सामाग्रीको प्रयोग हुने, स्थानीय स्तरमा हुने उत्पादनमा समेत सहजता हुने भएकाले परिक्षणको रुपमा यो निती अबलमबन गरिएको बताउँनु भयो । कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले शिक्षा सिकाइमा अझ बढी गुणस्तरियताका लागी शिक्षकहरुको ध्यान केन्द्रित हुनपर्ने अवस्थामा खाजाका सामाग्री अलमलिन नपरोस भन्नका लागी यो अभियानको आवश्यकता देखेर बिश्व खाद्य कार्यक्रमको सहयोगमा यो अबधारणा ल्याइएको बताउँनुभयो । कार्यक्रममा बिश्वखाद्य कार्यक्रमका रुद्र सुनारले बिश्व खाद्य कार्यक्रमले बिद्यालय दिवाखाजाका लागी आवश्यक सहयोग गर्दै आएको र यसमा बिद्यालयमा आबश्यक पर्ने खाजा व्यवस्थापनका लागी सामाग्रीहरुको समेत व्यवस्थापन गर्न लागेको बताउँदै खाजा व्यवस्थापनमा पारदर्शीता हुनपर्ने बताउँनु भयो ।      उहाँले अध्ययनरत बिद्यार्थिहरुको शिक्षा सिकाइसँगै स्वास्थ्यको पनि ख्याल राख्न पर्ने भएको हुँदा दिवा खाजमा पौष्टिक आहारको समेत व्यस्थापन गर्न पर्ने भएकाले गाउँघरमा नै उत्पादन भएको खानेकुराको व्यवस्था गर्नका लागि स्थानिय सहकारी मार्फत खाद्यन्न ढुवानिको लागि यो कार्यक्रमकम महत्वपुर्ण रहेको बताउँनु भयो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई प्रमुख कृष्णप्रसाद सुबेदी नगर शिक्षा अधिकृत बसन्त जोसी अमित घिमीरे, बिद्यालयका प्र.अहरु, सुरुमा दिवा खाजा ब्यवस्थापन गरेको नेत्रज्योती कृषी सहकारी संस्था, लगायत छनौट भएको सहकारीका अध्यक्षहरु लगाएतको उपस्थितिमा सिन्धुपाल्चोक स्थानिय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा परियोजना सिन्धुपाल्चोक बिद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत ढुवानि सम्बन्धि बिद्यालय तथा कृषि सहकारि बिच सम्झौता कार्यक्रम भोटेकोसी रिसोर्ट, सुकुटेमा सम्पन्न भएको हो ।