नेपाल सरकारले यसै आर्थीक बर्षको बजेट मार्फत बिद्यालय दिवा खाजाको लागी जङ्कफुड खुवाउँन प्रतिबन्ध लगाउँदै स्थानीय स्तरमा उत्पादीत सामाग्री प्रयोग गरेर खाजा खुवाउँन निर्देशन गरे बमोजिम स्थानीय कृषी सहकारी हरु यस प्रती आकर्सीत भएका छन ।
सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहहरुले बिद्यालय दिवाखाजा सञ्चालनका लागी सहकारी सस्थालाइ प्रस्ताव माग गरिरहेका छन।
बिश्व खाद्य सङ्गठनको प्रबिधीक तथा ब्यवस्थापन सहयोगमा र सरकारको आर्थीक सहयोगमा स्थानीय स्तरमा उत्पादीत सामाग्री बाट बिद्यालय दिवा खाजा खुवाउँने कार्यक्रम अन्तरगत चौतारा साँगाचोकगढी गरपालिकामा ९वटा सहकारीले यो व्यवस्थापन गर्न लागेको छ । सोमबार र मङ्गलबार दुइ दिन सम्म चलेको बिद्यालय प्र.अ. र सहकारीका प्रतिनीधीहरु बिच छलफल तथा सहकारी र बिद्यालय बिच सम्झौता भएको थियो । मङ्गलबार जुगल होटल चौतारामा भएको सम्झौता कार्यक्रममा सहभागीहरुलाइ सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले ईच्छा शक्ती भयो भने र समाजलाई साथमा लिएर काम गर्दा हरेक कामहरु सफलतामा पुग्ने भएकाले बजेट पाउँनु ,लिनु ठुलो कुरा होईन त्यसलाई कार्यन्वयन गर्नु ठुलो कुरा हो भन्नू भयो । यो दिवा खाजा व्यवस्थापनका लागी पनी प्र.अ.बिव्यस.जनप्रतिनिधी.स्थानीय सहकारी र नागरिक समाज मिलेर स्थानीय स्तरमा उत्पादीत सामाग्री को प्रयोग गर्दा उत्पादन बढाउँनका सकिने बताउँनु भयो ।
नगर प्रमुख सापकोटाले मेहनत र ईच्छा शक्ति भयो भने हरेक काम सम्भव छ भन्नू हँुदै सबै ठाउमा एकै प्रकारको उत्पादन हुन्छ भन्ने हँुदैन भन्न्ु हँुदै कुन ठाँउमा के उत्पादन हुन्छ यसका लागि पहिचान गरेर उत्पादन गरेर आय आर्जनमा लाग्न आबश्यक भएकाले यसलाइ समेत सहज हुँने गरी दिवा खाजाको ब्यवस्थापनमा लाग्न पर्ने बताउँनु भयो । कार्यक्रममा जिल्ला शिक्षा सम्मन्वय इकाइ प्रमुख कृष्ण सुबेदीले बिद्यालय दिवाखाजालाई कसरी प्रभावकारिता बनाउँने भन्ने बिषयमा प्रअ र सहकारि सस्था बिच बसेर छलफल गरेर काम गरेकोमा खुशिलागेको बताउँदैभोटेकोशि गाउपालिकाले १० कक्षा सम्म खाजा खुवाउदै गर्दै झिर्पु माध्यमिक बिध्यालयमा भान्सा समेत नमुना बनेको छ भन्नू भयो । कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले शिक्षा सिकाइमा अझ बढी गुणस्तरियताका लागी शिक्षकहरुको ध्यान केन्द्रीत हुन पर्ने अबस्थामा खाजाका सामाग्रीमा अलमलीन नपरोस भन्नका लागी यो अभियानको आबश्यकता देखेर बिश्व खाद्य कार्यक्रमको सहयोगमा यो अबधारणा ल्याइएको बताउँनु भयो । बिश्वखाद्य कार्यक्रमको जिल्ला सङ्योजक रुद्र सुनारले बिद्यालयमा दिवाखाजाको लागि आबश्यक सामाग्रीहरु स्थानीय स्तरकै हुँन पर्ने बताउँदै यसका लागी स्थानीयहरु नै लागी पर्न पर्ने बताउँनु भयो । बिद्यालय खाजालाई स्थानियकरण गर्नकालागि सहकारि सस्था हरुमार्फत बिद्यालय दिवा खाजाकोलागि खाद्यन्न ढुवानिका लागि व्यवस्था गरिएको बताउनु भयो।उँहाले बिश्वखाद्यको अनुरोधमा मेलम्ची नगरपालिकाले बिद्यालयदिवा खाजाका लागि थप८१ लाख रुपैया बिनियोजन गरेको र विश्व खाद्यले भान्सा कोठा,भाडाकुडा सहित आबश्यक सहयोग गरेको स्मरण गर्दै स्थानीय सरकारले साझेदारी गर्ने काममा सहजीकरण गरिरहेको बताउँनु भयो । उँहाले इन्धनको बचतका लागी चौसागढि र १३ नं वडामा सौर्य उर्जा बाट खाजा बनाउने ब्यवस्था गर्न लागियको समेत जानकारी दिनु भयो । कार्यक्रममा बिद्यालयका प्रअहरुले आआफ्नो बिद्यालयमा भए गरेका कामहरुका बारेमा जानकारी गराउँनु भएको थियो भने सहकारी सस्थाका बारेमा जानकारी गराइएको थियो । नगरमा रहेका जम्मा असी वटाबिद्यालयमा खाजा व्यवस्थापनका लागी सामाग्रीको व्यवस्थापन गर्न चौतारा साँगाचोकगढी नगर शिक्षा शाखाले ९वटा सहकारी र एउटा समुहलाइ छनौट गरेको छ ।
जस्मा गौरती भिमेसेन कृषि सहकारी संस्था लि. वडा नं १ र ६शान्ति दिप कृषि सहकारी संस्था लि. २ र ४प्रगतिशिल कृषि सहकारी संस्था लि. ३जागरुक कृषि सहकारी संस्था लि. ५रानीपोखरी कृषि सहकारी संस्था लि. ८कटुन्जेपानी कृषि सहकारी संस्था लि. ११उज्यालो एकिकृत कृषक समुह १४आलोपालो अग्रसर बहुउद्देश्य कृषि सहकारी संस्था लि. १३ठुलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लि. १० र १२नेत्रज्योती कृषि सहकारी संस्था लि. ७ र ९वडा भित्रका बिद्यालयहरुमा दिवाखाजाका लागी छनौट भयको नगर शिक्षा शाखाले जनाएको छ । नेत्र ज्योती कृषी सहकारी सस्थाले साबीक ठुलासिरुवारी हाल वडा नं १३ र १४का बिद्यालयहरुमा खाजा ब्यबस्थापन गरेको थियो भने अहीले आलोपालो अग्रसर बहुउद्देश्य सहकारी सस्थाले वडा नं १३मा खाजानको व्यवस्थापन गरिरहेको छ ।
