सम्पर्क

सुरक्षित आप्रवाशन सम्बन्धि पत्रकारहरुसँग अन्तरक्रिया

सुरक्षित आप्रवाशन परियोजना (सामी) अन्तरगत सुरक्षित आप्रवासन सम्बन्धी स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया गरिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले सामीले बैदेशिक रोजगारको क्षेत्रमा सर्हानिय कार्य गरेको बताउदै यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ । उहाँले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउने काम स्थानीय तहको भएको भन्दै सामी कार्यक्रमलाई अझ प्रभावकारी बनाएर जान सकिने बताउनुभयो । श्रम स्वीकृति लिएर मात्र बिदेश जानुपर्ने बताउँनु हुदै सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत भोजराज सुनुवारले आफु जाने देशको बारेमा सबै कुरा बुझ्न आवश्यक रहेको बताउँनु भयो । उहाँले बैदेशिक रोजगारको वर्तमान अवस्था, चुनौती, जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
परियोजनाले मुख्य काम गर्ने क्षेत्रहरू भनेकै वैदेशिक रोजगारी जानु भन्दा सिप सिकेर मात्र जाऔँ भन्ने सूचनामा पहुँच पुर्याउने र विदेशमा दुख पाएर घर फर्केका व्यक्तिहरूलाई मनोसामाजिक परामर्शको दिने न्यायमा सहजीकरण गर्ने, वित्तीय साक्षरता सम्बन्धी जानकारी दिने रहेको परियोजनाका कार्यक्रम बागमति प्रदेश संयोजक पुरुषोतम अधिकारीले बताउँनु भयो । सुरक्षित बैदेशिक रोजगारका बिषयमा सञ्चार माध्यमको थप सशक्त भूमिका आवश्यक पर्ने उहाँको भनाई थियो ।
यस्तै कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका कृषि शाखा प्रमुख दुर्गा प्रसाद दुङ्गेलले सञ्चालन गर्नुभएको थियो भने परियोजना (सामी) जिल्ला संयोजक अरुण पौडेल लगायतले सहजीकरण गरेका गर्नुभएको थियो ।