सम्पर्क

शुरु भयो मेलम्चीको बिद्यालयहरुमा ई–हाजिरी प्रणाली

सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरका बिद्यालयहरुमा ई–हाजिरी प्रणाली ब्यवस्था गरेको छ। नगरप्रमुख आइतमान तामाङले बिद्यालयको हरेक बिद्यालयमा ई–हाजिरी प्रणाली लागु गर्नुका साथै प्रयोगात्म,शिक्षा सिकाएको अबधारणा ल्याउँन र गुणस्तरिय शिक्षा प्रदानमा सँधै अग्रसर भएर काम गरेका शिक्षकहरुको सुबिधाका लागी ई–हाजिरी प्रणाली लगाएत श्रोत र साधनले भ्याए सम्म बिद्यालयमा आबश्यक सहयोग गरिरहेको बताउँनु भएको छ । नगर प्रमुुख तामाङले श्री जाल्पादेवी माध्यमिक विद्यालय मेलम्ची–२ मा ई–हाजिरी प्रणाली को उद्घाटन गर्नु हुँदैे सुशासन समृद्धिका लागि प्रविधिको उच्चतम प्रयोग गरि विद्यालयमा हुने हाजिरीलाई चुस्त दुरुस्त बनाई समयलाई मितब्यापी कायम गर्न आबश्यक भएकाले समय अनुसार को आबश्यकतालाइ मध्यनजर राख्दै नगरको आन्तरिक श्रोतबाट ई–हाजिरी प्रणाली जडान गरीएको जानकारी दिनु भयो । उँहाले विद्यार्थीको सुन्दर भविस्य निर्माण गर्न र शिक्षकहरुको हाजिरी व्यवस्थित तथा केन्द्रीकृत गर्न सबै सामुदायिक विद्यालयमा ई–हाजिर सुचारु ग्रिएकोे बताउनु भयो। विद्युतीय हाजिरी एक ‘वेभ’मा आधारित ‘एप्लिकेसन’ हो। उक्त ई–हाजिरी प्रणालीमा आबद्ध भएका विद्यालयमा दैनिक कति शिक्षक उपस्थित र अनुपस्थित भए वा विदामा छन् भन्ने आँकडा नियमित अपडेट हुन्छ । सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत प्राप्त हुने अन्य लाभका अतिरिक्त, यो प्रविधिको प्रयोगबाट सुशासनको प्रत्याभूत गर्नुका साथै बढी पारदर्शी एवं प्रभावकारी हुने अपेक्षा गरिएको छ। मेलम्ची नगरपालिकामा रहेका २१वटा सामुदायक बिद्यालयमा यो आर्थीक बर्ष भित्र ई–हाजिरी प्रणाली जडान गर्ने र हरेक बिद्यालयको हाजीरी रेकर्ड नगरपालिकाकाले निगरानी गर्ने नगरापलिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुधीनराज ढकालले बताउँनु भयो । उँहाले नगरपालिकामा सिमीत कर्मचारी भएका कारण पनी सबै बिद्यालयमा निरिक्षण गरिरहन असम्भव भएकाले यसको सहजताका लागी पनी यसको आबश्यक भएको बताउँदै यस आबमा सामुदयाक माध्यमिक बिद्यालय २१वटैमा ई–हाजिरी प्रणाली लागु गरिने र अर्काे आबमा सबै इन्टरनेटको व्यवस्थ गरी सबै सामुदायक आधारभुत बिद्यालयहरमा पनी ई–हाजिरी प्रणाली लागू गरिने योजना रहेको बताउँनु भयो ।