सुरक्षाको योजना साथ अगाी बढ्न नगर प्रमुख तामाङको आग्रह
चाडपर्वको बेला बजारमा चोरी हुने भएकाले बिशेष सुरक्षा योजना बनाएर लाग्न मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले सुरक्षा कर्मीहरु सँग अनुरोध गर्नु भएको छ । उहाँले इलाका प्रहरी कार्यालय मेलम्चीले आयोजना गरेको ६८ औँ प्रहरी दिवस अवसरमा गरिएको वृक्षारोपण तथा सरसफाई कार्यक्रमलाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले २४ सै घण्टा नागरिकको सुरक्षामा खटिने निकाय प्रहरी रहेकाले प्रहरी प्रती सधै सम्मान गर्नुपर्ने बताउँदै चोरीका घटनाहरु बढ्दै गएको को ले त्यस तर्फ तर्फ सबैको धएान जान जरुरी रहेको बताउँनु भयो । उँहाले उल्लेख गर्दै हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्नेमा तामाङले जोड दिनुभयो । उहाँले बजार सुन्दर, सफा र आकर्षक बनाउने दायित्व हाम्रै भएकाले सरसफाइ लगायत बजार ब्यबस्थापनको काममा लाग्न सबै नागरिकलाइ आग्रह समेत गर्नुभयो । इलाका प्रहरी कार्यालय मेलम्चीले ६८ औँ प्रहरी दिवसका अवसरमा...
