चाडपर्वको बेला बजारमा चोरी हुने भएकाले बिशेष सुरक्षा योजना बनाएर लाग्न मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले सुरक्षा कर्मीहरु सँग अनुरोध गर्नु भएको छ । उहाँले इलाका प्रहरी कार्यालय मेलम्चीले आयोजना गरेको ६८ औँ प्रहरी दिवस अवसरमा गरिएको वृक्षारोपण तथा सरसफाई कार्यक्रमलाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।
उँहाले २४ सै घण्टा नागरिकको सुरक्षामा खटिने निकाय प्रहरी रहेकाले प्रहरी प्रती सधै सम्मान गर्नुपर्ने बताउँदै चोरीका घटनाहरु बढ्दै गएको को ले त्यस तर्फ तर्फ सबैको धएान जान जरुरी रहेको बताउँनु भयो ।
उँहाले उल्लेख गर्दै हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्नेमा तामाङले जोड दिनुभयो । उहाँले बजार सुन्दर, सफा र आकर्षक बनाउने दायित्व हाम्रै भएकाले सरसफाइ लगायत बजार ब्यबस्थापनको काममा लाग्न सबै नागरिकलाइ आग्रह समेत गर्नुभयो । इलाका प्रहरी कार्यालय मेलम्चीले ६८ औँ प्रहरी दिवसका अवसरमा कार्यालय परिसरमा वृक्षारोपण गर्नुका साथै मेलम्ची बजार सरसफाई गरेका् हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, वडा नम्बर ११का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ,१२का वडा अध्यक्ष गणेश तामाङ, ससस्त्र प्रहरी मेलम्चीका प्रमुख राजेश फुयाँल, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र थापामगर,मेलम्ची नगर उद्योग वाणिज्य संघ, बजार ब्यबस्थापन समिती, जनप्रतिनिधि र स्थानिय ब्यबशायी,राजनितिक दलका प्रतिनिधिहरु लगायत अन्य प्रहरीको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रहरी निरिक्षक थापाले मेलम्चीलाई चाडपर्व तथा जनुसुकै बेला आइपर्ने विभिन्न समस्याहरुको समाधन गर्नका लागी जनप्रतिनिधी,स्थानिय,ब्यबशायी लगायत सम्पुर्ण नागरिहरुको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
