सम्पर्क

गैतमद्धारा सिद्धीगणेश लाइ सरस्वती मन्दिर हस्तान्तरण

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ७ माका रेशम गौतमले सोही वडामा रहेको सिद्धीगणेश माध्यमिक बिद्यालयलाइ एक समारोहका बिच सरस्वतीको मन्दीर निर्माण गरी हस्तानन्तरण गर्नु भएको छ । श्री सिद्धिगणेश माध्यमिक विद्यालयलाई सरस्वती मन्दिर हस्तान्तरण गरे सँगै गौतमले पाँच वटा मन्दीर निर्माण गरी हस्तानन्तरण गर्नू भएको हो । २०७३ साल असोज २७ गते अकल्पनीय तरिकाबाट भएको दुर्घटनाबाट दिबगंत हुनु भएका उँहाका धर्म पत्नीको नाममा सिद्धी गणेश माबीमा रु एक लाखको अक्षय कोषको स्थपना समेत गर्नु भएको छ । गौतमको धर्म पत्नी निनुमाँया अक्षय कोषको स्थपना गरेर छात्रबृती सञ्चालन गरिएको छ । उँहाले यस अघी दुर्घटना स्थल साबीक भोटसिपा ५ हाल इन्द्रावती गाँउपालिका १०मा नैना देबी मन्दीर निर्माण गरि समुदायलाइ हस्तानन्तरण गर्नु भएको छ भने चौतारासाँगाचोकगढी नगरपालिका ७को पालेको थुम्कामा राधाकृष्णको मन्दीर निर्माण गरी समुदायलाइ हस्तानन्तरण गर्नु भएको छ ।        यसै गरी गौतमले भदौरे गणेश स्थानमा निलकण्ठेश्वर महादेबको मन्दीर निर्माण गरि हस्तानन्तरण गर्नु भएको छ । उँहाले आफ्नै घर आागनमा सितारामको मन्दीर निर्माण गर्नु भएको छ भने बिभिन्न स्थानमा रहेका दर्जनौ भन्दा बढी मन्दीरहरुमा मुर्ती तथा गजुर हरु हस्तानन्तरण गर्नु भएको छ । बिभिन्न स्थानमा बर पिपलको बोटहरु रोप्ने , गरिब जेहेन्दार बद्यिाथीहरुलाइ छात्राबृतीको ब्यस्था गर्दै आउँनु भएका गौतमले शुक्रबार सिद्धीगणेश माध्यमिकविद्यालयलाई मन्दिर हस्तान्तरण गर्नु भएको हो । उहाँले स्वर्गीय पिता रविलाल, माता हुत्तमाया तथा धर्मपत्नी निनुमाया गौतमको पुण्य स्मृतिमा विद्यालय परिसरमा सो मन्दिर निर्माण गर्नुभएको थियो । उहाँले मन्दिर निर्माणमा भएको आर्थिक विवरणहरु समेत प्रस्तुत गर्दै समारोहमा उपस्थित सबैलाई कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका –७ का वडा अध्यक्ष डम्बर बहादुर तामाङले प्राणीहरुको जुनदिन गर्भभित्रै शरीरको उत्पत्ति हुन्छ त्यसै दिन मृत्युको तिथि पनि तोकिएको हुने बताउँनु भयो । उँहाले यस्ता कृतीहरु कहील्यै नमर्ने बताउँदै जिर्ण भएको शरीरले छोड्दै जाने भएको हुँदा आजीवन रहिरहन व्यक्तिले यस्ता खालका कृति छोडेर गएमा उ कहिलै यो धर्तिबाट नजाने र अन्तसम्म सबैले सम्झिरहने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा विद्यालय का प्रधानाध्यापक राजकुमार यादबव्यवस्थापन समितिका अध्यक्ष, वडासदस्य लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सोहि अवसरमा विद्यालय तर्फबाट मन्दिर निमार्ण गरि हस्तान्तरण गरिदिने गौतमलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने सो समारोहको सहजिकरण विद्यालयका सह प्रधानाध्यापक तिलक बहादुर दंगालले गर्नुभएको थियो ।